हल्दिबारी ।
झापाको हल्दिबारी गाउँपालिकाले विहिवार(आज) हिन्दु धर्मावलम्बीहरुको महान पर्व रामनवमीको अवसर पारेर स्थानीय सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले आज हल्दीवारी गाउँपालिका क्षेत्र भित्र स्थानीय विदा दिने निर्णय गर्दै सूचना जारी गरेको हल्दिबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिएका हुन् ।
२०७९ चैत १६ गते विहिवार हल्दीबारी गाउँपालिका कार्यालय र अन्तर्गत रहेका वडा समितिका कार्यालयहरु, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा स्थानीय सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईद्धारा जारी सूचनामा उल्लेख छ । ‘सम्बन्धित सबैको जानकारीका लागि आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा उल्लेख छ ।
त्यस्तै राम नवमीको अवसरमा मधेश प्रदेशमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।