लक्ष्मीपुर ।
नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नं. २ प्रदेश (१) अन्तरगत बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान सम्पन्न भएको छ ।
माओवादी पार्टी केन्द्रको सर्कुलर अनुसार जारी दुई महिने संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानलाई निरन्तरता दिने क्रममा बिर्तामोड वडा नम्बर ३ मा कार्यक्रम सम्पन्न गरेको हो ।
बिर्तामोड –३ का पार्टी इन्चार्ज जगनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा कमाण्ड प्रमुख धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा कमाण्ड प्रमुख चापागाई, झापा क्षेत्र नं. २ प्रदेश (१) का पार्टीका संयोजक प्रकाश भट्टराई, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्वा, उपाध्यक्ष जेबी जबेगु, छायाँ सिग्देल, सचिव गणेश कालिकोटे, बिर्तामोड–९ वडा कमाण्ड प्रमुख तथा नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष तथा झापा अध्यक्ष मदन खड्कालगायतले संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तारका बारेमा आ–आफ्नो धारण ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन पार्टीका बिर्तामोड ३ अध्यक्ष तुलसी ढकालले गरेको पार्टीका बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।