बुद्धशान्ति । 

नेकपा (माओवादी केन्द्र) ले झापा क्षेत्र नं. १ प्रदेश (१) अन्तरगत बुद्धशान्ति वडा नम्बर १ मा संगठन सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान सम्पन्न गरेको छ ।  

पार्टी केन्द्रको सर्कुलर अनुसार दुई महिने संगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियानलाई निरन्तरता दिने क्रममा बुद्धशान्ति १ मा आइतवार अभियानसहित बिस्तारित बैठक सम्पन्न गरेको हो ।  

 नेकपा (माओवादी केन्द्र) का बुद्धशान्ति वडा नं. १ अध्यक्ष पुरण बरालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला ईन्चार्ज झलक सिंह दर्लामी (सन्देश) को प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा केन्द्रीय सदस्य हरिकुमार राना, ज्योतिसिंह दर्लामी, झापा संयोजक  राजु आचार्य (अग्नि) लगायतले संगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सम्बन्धि आ–आफ्नो धारणा ब्यक्त गरेको ईन्चार्ज खड्गबहादुर तिम्सिना (पवन) जानकारी दिए । 

बुद्धशान्ति–१ को जेष्ठ चौतारी भवन होक्सेमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य खड्गबहादुर तिम्सिना (पवन), प्रदेश कमिटी सदस्य छत्रबहादुर तिम्सिना (रोशन), प्रदेश कमिटी सदस्य अर्जुन पाण्डे, प्रदेश कमिटी सदस्य भिम लकान्द्रि प्रदेश सल्लाहकार हरि बोलखे, रोशन कन्दङ्वा, गाउँ कमिटी अध्यक्ष प्रेम नेम्वाङलगायत सम्पूर्ण पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।