झापा । 

नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) ले कोशी प्रदेशमा डिजिटल सदस्यता वितरण गरेको छ । आइतवार (आज) कोशी प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाबाट सो संगठनले डिजिटल सदस्यताको उद्वघाटन गरेको हो । आज वाइसीएल नेपालका केन्द्रीय सचिव तथा कोशी प्रदेशका इन्चार्ज कर्म पुलामी मगरले डिजिटल सदस्यता उद्वघाटन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश इन्चार्ज पुलामीले युवा संगठनलाई सुदृढीकरण गरि अभियान मार्फत युवा जागरण ल्याउन युवालाई निर्देशन दिएका थिए । उनले गणतन्त्र र संघियता विरोधी गतिविधि गर्ने विरुद्ध खबदारी गर्न पनि उनले युवाहरुलाई प्रशिक्षण दिए । उनले वाइसीएललाई जनताको साहरा बनि जताको आशा र भरौसा बन्न निर्देशन दिदै युवा संगठनलाई व्यवसायी बन्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले पार्टी भित्र रहेको गुट उपगुटको अन्त्य गरि पार्टी र संगठनका नेताहरुलाई विधिमा रहेर काम गर्न निर्देशन दिए । प्रमुख अतिथि पुलामीले नेताहरुमा युवाहरुको भावना बुझ्ने र प्राबिधिको ज्ञान भएन भने नेता हुन गार्हौ हुने भएको हुनाले सम्पूर्ण युवाहरुलाई प्राबिधिसँगै अगाडि बढ्न निर्देशन दिए ।

कार्यक्रममा वाइसीएल नेपालका प्रदेश इन्चार्ज पुलामी, विषेश अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा नगरका अध्यक्ष छिरिङ लामा, वाइसीएल नेपालका केन्द्रीय सदस्य दिलबिक्रम लिम्बू, नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार होम रायमाझी, वाइसीएलका केन्द्रीय सदस्य मनेस आङबो, प्रदेश सदस्य दिपेश खुलाल, वाइसीएल नेपालका तेह्रथुम जिल्ला अध्यक्ष गोपाल लिम्बूको आतिथ्यता रहेको थियो ।

वाइसीएलले कोशी प्रदेशमा रहेको १ सय ३७ स्थानीय तहमा संगठनले सम्मेलन गर्ने साथै १ हजार १ सय ५७ वडाहरुमा १ सयका दरले सदस्यता वितरण गर्ने योजना बनाएको छ। संगठनले बैशाखको पहिलो हप्तामा सबै वडामा सम्मेलन गरि कोशी प्रदेशमा १ लाख १५ हजार ७ सय सदस्यता वितरण गर्ने जानकारी दिएको छ ।