लक्ष्मीपुर ।
नेकपा (माओवादी केन्द्र) झापा क्षेत्र नं. २ प्रदेश (१) अन्तरगत बिर्तामोड नगरपालिका वडा नम्बर ९ मा संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियान सम्पन्न भएको छ । पार्टी केन्द्रको सर्कुलर अनुसार दुई महिने संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तार अभियानलाई निरन्तरता दिने क्रममा वडा नम्बर ९ मा कार्यक्रम गरेको हो ।
बिर्तामोड –९ का पार्टी अध्यक्ष रमेश डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य तथा कमाण्ड प्रमुख धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य तथा कमाण्ड प्रमुख चापागाई, केन्द्रिय सदस्य तथा झापा सह–इन्चार्ज ज्योतिसिंह दर्लामी, बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, बिर्तामोड–९ वडा कमाण्ड प्रमुख मदन खड्का, अनेमसंघ(क्रान्किारी) बिर्तामोड नगर अध्यक्ष रिता मिश्रलगायतले संगठन सुदृढिकरण तथा जन सम्बन्ध बिस्तारका बारेका आ–आफ्नो धारणा राखेको पार्टीका बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए ।
कार्यक्रममा जेष्ठ कम्युनिष्ट मञ्च प्रदेश सदस्य रुद्र सुवेदी, बिर्तामोड नगर सचिव गणेश कालिकोटेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पार्टीका वडा नं. ९ इन्चार्ज तुलसीराम काफ्लेले गरेका थिए ।