• प्रकाश उप्रेती

चारआली ।

झापाको मेचीनगर (१३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहको कार्यसमिति चयनका लागि आज मतदान सम्पन्न भएको छ । चारआलीस्थीत शहिद दशरथ माविमा बिहान ७ बजेदेखि जारी रहेको मतदानमा अपरान्ह ५ बजे मतदान सम्पन्न भएको निर्वाचन समिति सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । निर्वाचनमा १ हजार मतदाताले मतदान गरेका छन् । 

मेचीनगर(१३ का कृष्णकुमार श्रेष्ठको नाम नै मतदान पुस्तिकामा नहुँदा अधिकारबाट बन्चित भएको गुनासो गरे । श्रेष्ठले वनको सदस्य नविकरण गरेपनि कर्मचारीले रसिदमा कार्वन नराखी नविकरण गर्दा सदस्यको अभिलेख छुटेर गल्ती भएको वनको पदाधिकारीको भनाई छ । सदस्य नवीकरणका लागि १ सय रुपैयाँ बुझाउनुपर्छ । 

 श्रेष्ठ जस्तै २० जना बढीको मतदान पुस्तिकामा छुटेको हुनसक्ने निर्वाचन आयोगका सदस्य गोपाल प्याकुरेलले जानकारी दिए । उनका अनुसार दाबी(बिरोधको समयमा ८ जनाले प्रमाणसहित निवेदन दिएपछि सदर गरेको र अन्यको उक्त समयमा दाबी नपरेको र वन नेतृत्वको कमजोरीका कारण २० जनाले मतदान गर्न पाउने अधिकारबाट वन्चित भएको सदस्य प्याकुरेलको भनाई छ ।

श्रीमान् वनको सदस्य र उत्तराधिकारीको रुपमा श्रीमतिको मतदान गर्न पाउने वनको नियम छ ।  प्रगतिशिल समुहले आफ्नो प्यानलको सदस्यमा लीलादेबि कार्कीलाई उम्मेदवार उठाएको थियो । उम्मेदवार कार्की स्वयमले मतदान पुस्तिकामा आफ्नो नाम नभएको पाएपछि उक्त बिषय बाहिर आएको थियो । उत्तराधिकारीलाई उम्मेदवार घोषणापछि मात्रै सर्वदलीय छ्लफलले सदस्यले मात्रै उम्मेदवार र मतदान गर्न पाउने सहमति गरेपछि लीलादेबि कार्कीको उम्मेदवार नै अन्योलमा परेको छ । 

वन समितिको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त प्यानलले वन समितिका वर्तमान अध्यक्ष चन्द्रप्रसाद सिग्देलको नेतृत्वमा उम्मेद्वार मैदानमा उतारेको छ भने नेकपा एमालेले भोजराज पराजुलीलाई अध्यक्षको उम्मेद्वार बनाएर प्यानल नै चुनावी मैदानमा उतारेको छ ।

एक हजार एक सय ६४ मतदाता रहेकोको भएपनि १ सय ६४ जनाले निर्वाचन सहभागी हुननपाएको मोहन अधिकारीले जानकारी दिए ।