• प्रकाश उप्रेती 

मेचीनगर।

झापाको मेचीनगरको एक सामुदायिक वनमा आसन्न निर्वाचनका लागि राजनीतिक दलबाट उम्मेद्वारी घोषणा गरेका छन् । हातेमालो सामुदायिक वन उपभोक्ता समुहको नेतृत्व सम्हाल्न स्थानीय राजनीति दलले आआफ्नो पकडको नेतृत्व लिन उम्मेद्वारी दिएका हुन् ।

दुई वर्षे कार्यकालको समितिको समयावधि सकिएपछि चैत ११ तोकिएको चुनावको मितिमा आफ्नो दलको उम्मेद्बारलाई जिताउन घरदैलोमा जुटेका छ्न् । १२ सदस्य रहेको उक्त वनको नेतृत्वका लागि दलको सहमति नभएपछि चुनावको मिति तय गरिएको हो । चुनावमा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस लगायत ६ वटा राजनीति दलले लोकतान्त्रिक प्रगतिशिल संयुक्त प्यानलबाट अध्यक्षमा चन्द्रप्रसाद सिग्देलले उम्मेद्बारी दिएका छ्न् । 

सिग्देल पुर्वअध्यक्ष पनि हुन् । सिग्देल उपाध्यक्ष भएको समयमा वनले ‘निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र’ को रुपमा शिलान्यास गरि सुरुवात गरेको उनको भनाई छ । त्यसपछि एक कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उक्त योजना आफ्नै नेतृत्वमै पुरा गर्ने संकल्पले अध्यक्षको उम्मेद्बार भएको सिग्देलको तर्क छ । उपाध्यक्षमा राधिका सुब्बाले उम्मेद्बारी दिएकी छ्न् । उनि कुशल र इमानदार महिला समाजसेवी पनि हुन् । सचिबमा आदिवासी जनजातिका शिक्षित समाजसेवी युवा सोनामसिह तामाङले उम्मेद्बारी दिएका छ्न् । सहसचीव सन्तोष लिम्बु, कोषाध्यक्षमा कुसुम कट्वालसहित ११ सदस्यीय कार्यसमिति र २ सदस्यीय लेखाको उम्मेद्वारी दिएका छ्न् ।

अध्यक्षमा सिग्देलको प्रतिद्वन्द्वीमा एमालेका भोजराज पराजुली प्रतिस्पर्धामा छ्न् । पराजुली एमालेका सक्रिय युवा हुन् । उपाध्यक्षमा  यशोदा सिग्देल, सचिबमा यमकान्त प्याकुरेल प्रतिद्वन्दी हुन् । प्याकुरेल पुर्वनगर परिषद् सदस्य पनि हुन् । सहसचिबमा सन्देश न्यौपाने, कोषाध्यक्षमा बिना ढकाल र २ जना लेखा सदस्यीयसहित १० जना प्रतिद्वन्दीको रूपमा उम्मेद्बारी दिएका हुन् । 

वनको नेतृत्वकै लागि राजनीति तह र त्यहाँको परिस्थितिनुसार अपनाइने परम्परागत प्रक्रिया र शैली अनुरुप चुनावतामा एजेन्डा बनाउदै प्रतिवद्द्ता जाहेर गरेपनि जित एजेन्डा(प्रतिवद्दताअनुरुप कार्यान्वयन भएको नपाइएको स्थानीयको गुनासो छ । करिब १२ सय सदस्य रहेको उक्त बन निचाझोडा सिमसार पर्यटकीय क्षेत्र, घरकाजका लागि काम बिक्रीबाट आम्दानी गर्दै आएको छ । स्थानीयको गुनासोलाई पुर्ण रुपमा बिश्वास दिलाउन दुईवटै प्यानलले प्रतिवद्दता जाहेर गरेका छ्न् ।