झापा । 

‘गत चैत ५ गते ‘कोशी प्रदेश खारेजी’ मागसहित विराटनगरमा भएको जनप्रर्दशनका क्रममा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा घाइते भएका प्रर्दशनीकारीको मृत्यु भएको छ । 

को आन्दोलनका क्रममा प्रहरीसंगको झडपमा घाइते भएका एक आन्दोलनकारीको मृत्यु भएको छ ।  विरोध प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा घाईते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा शुक्रवार (आज) विहान २ः३० बजे धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको हो ।

लाजेहाङ हत्यामा संलग्नको छानबिन गरी दोषीलाई कडा माग गर्दै स–सम्मान शहिद घोषणा गर्नुपर्ने संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले बताएका छन् । 

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले संयुक्त प्रेस बिज्ञप्ती जारी गरेको छ भने संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले पनि प्रेस बिज्ञप्ती जारी गरी लाजेहाङको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गरी दोषीलाई कडा कारबाही गर्न र लाजेहाङलाई सहिद घोषणा माग गरेका छन् ।

धरानमा बसोबास गर्दै आएका ४२ वर्षिय लाजेहाङ लिम्बु लिम्वुवान भोलेन्टियर्सका सह–कमाण्डर रहेका थिए ।