विराटनगर ।

 नेकपा (माओवादी केन्द्र) का कोशी अध्यक्ष हर्क नेम्बाङ मिक्सोले पहिचानको आन्दोलनको नाममा माओवादी विरुद्ध गतिवविधि भइरहेको बताएका छन् ।

पहिचान माओवादीले उठाएको एजेण्डा हो पहिचानको लागि जनयुद्ध साथै धेरै बलिदानी गर्ने पनि माओवादी नै हो र जब सम्म पहिचान प्राप्त हुदैन तबसम्म संघर्ष निरन्तर जारी रहने उनले बताएका छन् ।

मिक्सोले पहिचानको आन्दोलनका नाममा पहिचान विरोधी भन्दा पनि माओवादी विरुद्ध आक्रमण बढेकाले त्यस्ता गतिविधिको भत्र्सना समेत गरेका छन् ।

केहि अराजक समुहहरू पहिचान विरोधीलाई होईन माओवादी र माओवादी नेतृत्वलाई गालि र आक्रमण गरेको गतिविधि सुनियोजित र निन्दनीय भएको अध्यक्ष नेम्बाङले बताए ।

ताप्लेजुङमा नेकपा माओवादी केन्द्रका ससंदिय दलका नेता इन्द्र बहादूर आङ्बो मौसममाथि भएको घटना यसकै एक उदाहारण हो उनले बताए । त्यस्ता प्रवृतीले आपसी अन्तरद्वन्द बढाउदै आन्दोलनलाई नै कमजोर बनाउदै लगेको छ हामी यस्ता प्रवृति संग अविराम प्रतिवाद गर्न तयार रहेको पनि उनले बताए ।

माओवादी केन्द्रले पहिचानको पक्षमा हुने जस्तोसुकै आन्दोलनको समर्थन गरेको उनले बताए । अध्यक्ष नेम्बाङले आन्दोलनरत पक्षलाई यथासिघ्र वार्तामा बोलाउन र वार्ताबाटै समस्या समाघान गर्न प्रदेश सरकार संग जोडदार माग गरेका छन् ।