हल्दिबारी । 

 झापाको हल्दिबारी पाउँपालिका –३ मा बाल संस्कार केन्द्रको भवन निर्माणार्थ स्थानीय जग्गा दाता इश्वरा तिवारी कडेलले जन कल्याण प्रतिष्ठान झापालाई एक कठ्ठा जग्गा उपलव्ध गरमएकी छिन् । 

प्रतिष्ठानका अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठान अन्तर्गत एकल बिद्यालयको झापा, इलाम र मोरंङ जिल्ला स्तरीय सप्ताहब्यापी बर्ग झापाको अर्जुनधारा–६ स्थित बाल बिकास केन्द्रमा  आगामी चैत्र २१ गतेदेखि आयोजना गरने निर्णय गरेको प्रतिष्ठानका सचिब देबेन्द्रकिशोर ढुङगानाले बताए।

बैठकमा प्रतिष्ठानका कोषाध्यक्ष सत्येन्द्रकुमार कर्ण, सदस्य होमनाथ ढुङगेल, सम्भाग प्रमुख योगमाया न्यौपाने, सदस्य सोराई मुर्मु लगायतले संगठन सुदृढीकरण र बिकासमा हिन्दु धर्म जागरणको महत्व सम्बन्धमा बिचार ब्यक्त गरेका थिए । साथै सोही कार्यक्रमकाबिच  जग्गादाता कडेललाई प्रतिष्ठानको तर्फबाट धन्यबाद ज्ञापन गरएको थियो।