बिर्तामोड । 

नेपाल यातायात मजदुर संघ झापाको अध्यक्षमा यादव ओली सर्वसम्मत् निर्वाचित भएको छन् । संघको ७ औं जिल्ला अधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।

१५ सदस्य जिल्ला कार्य समिति रहने समितिको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा बिष्णु लुईटेल शिवाकोटी, सचिबमा देवनारायण ढुङ्गाना, सह–सचिवमा विशाल तामाङ मोक्तान र कोषाध्यक्षमा प्रेम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यमा गोविन्द तामाङ, कमल राई, इन्द्र श्रेष्ठ, तुलसीप्रसाद दाहाल चयन भएका छन् भने एक सदस्य काँकरभिट्टाबाट चयन गरिने साथै चारजना सदस्य मनोनीत गरिने जनाइएको छ । 

संघको गत माघ २९ गते अधिवेशन भएको थियो भने सोही अधिवेशन अनुसार मंगलबार (आज) बिर्तामोडमा जिल्ला नेतृत्व चयन भएको हो । निर्वाचन समिति संयोजक प्रल्हाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक श्रेष्ठले जिल्ला पदाधिकारी तथा कार्य समिति सदस्यको नाम घोषणा गरेको थिए ।

oli

संघका केन्द्रिय उपाध्यक्ष हरि थापाको प्रमुख आतिथ्यमा भएको नयाँ नेतृत्व घोषणामा संघका केन्द्रिय सल्लाहकार बसन्त तिवारी, संघका कोशी प्रदेश उपाध्यक्ष पुर्ण प्रधान, चिया बगान श्रमिक संघका केन्द्रिय अध्यक्ष दीपक तामाङ, ट्रेड युनियन झापा अध्यक्ष यज्ञप्रताप अधिकारीलगायतले शुभकामना मन्तव्य राखेको थिए । कार्यक्रममा निर्वाचित अध्यक्ष ओलीले संघप्रति बफादार भएको संघ र संगठनमा आवद्ध सदस्यहरुको हकहित र अधिकारका लागि कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संघका निवर्तमान अध्यक्ष गान्धी भण्डारीले गरेका थिए ।

निवर्तमान अध्यक्ष भण्डारीले आफ्नो नेतृत्वको समितिले एकलाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गरेको बताएका छन् । संघमा ५ सय ५० जना आवद्ध रहेको जनाइएको छ । नयाँ कार्य समितिलाई पदहस्तान्तरण तथा शपथ ग्रहण केही दिनमै गराइने जनाइएको छ ।