सुनमाई  ।

 नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले नेपालको लोकतान्त्रिक आन्दोलनमा क्रान्ती र शान्तिको नेतृत्व गरेको काङ्ग्रेसलाई नेपाली जनताले सधैं साथ दिएको बताएका छन् ।

 नेपाली प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा गिरिजाप्रसाद कोइरालाको सम्झनामा  नेपाली काङ्ग्रेस बुद्धशान्ति ७ नं. वडा समितिद्वारा आयोजित १३ औं स्मृती दिवस कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा मंगलबार (आज)  सुनमाईमा सम्बोधन गर्दै युवा नेता हुमागाईले नेपालको सबै राजनैतिक आन्दोलन र परिवर्तनहरुमा काङ्ग्रेसले नेतृत्व गरेको स्मरण गरे । 

माओवादीको शसस्त्र बिद्रोहलाई १२ बुँदे सहमति, संसद पुनस्र्थापना, बिस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन हुँदै गणतन्त्र स्थापनामा गिरिजाबाबुले पु¥याएको योगदानलाई देशभक्त  नेपाली र नेपाल राष्ट्रले सधैं सम्झिरहने हुमागाईले बताए।  नेपाली काङ्ग्रेस २ न। क्षेत्रीय सभापति खगेन्द्र मैनालीले तरुण, युवा, बिद्यार्थी र मजदुर–किसानबीच लोकप्रिय नेता गिरिजाबबुको अभाव मुलुकलाई खडकिइरहने बिचार ब्यक्त गरे । तरुण, युवा, बिद्यार्थी र मजदुर–किसानबीच लोकप्रिय नेता गिरिजाबबुको अभाव मुलुकलाई खडकिइरहने नेता मैनालीको विचार थियो ।

नेपाली काङ्ग्रेस ७ नं. वडा सभापति दिपेन लावतीको सभापतित्वमा भएको सो कार्यक्रममा जिल्ला सदस्य गिता ढुंगाना, नेपाल प्रेस युनियनका केन्द्रीय प्रतिनिधि रश्मीशेखर सुवेदी लगायतले गिरिजाबाबुले पु¥याएको योगदानको परिचर्चा गरेका थिए ।  खगेन्द्र गडतौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन भवानी गडतौलाले गरेका थिए । यसैबीच कार्यक्रमस्थलमा रहेको सहिद याम आचार्यको सालिकमा सरसफाई  र माल्यार्पण गरिएको थियो ।