काठमाडौं । 

नेकपा (एकीकृत समाजवादी) ले सत्तारुढ गठबन्धनसँग वार्ताका लागि कार्यदल बनाएको छ ।

एकीकृत समाजवादीको मंगलबार(आज) बसेको सचिवालय बैठकले संघ र प्रदेश सरकार गठन, साझा न्युनतम कार्यक्रम तथा उपनिर्वाचन समेतका विषयमा गठबन्धनमा रहेका दलहरुसँग वार्ता गर्न कार्यदल गठन गरेको हो ।

कार्यदललाई ती विषयमा निर्णय गर्ने अधिकारसमेत दिइएको एकीकृत समाजवादीले जनाएको छ ।अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल पनि रहेका छन् ।