हल्दिबारी । 

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि झापा भरिका क्याम्पसहरुमा अध्ययनरत बिद्यार्थीलाई राम्रो उम्मेदवार रोज्न अभिषेक खतिवडाले सबैमा आग्रह गरेका छन् । स्ववियु निर्वाचनमा संघ सङ्गठन भन्दा पनि असल र राम्रो उम्मेदवारलाई भोट हाल्न सबैलाई आग्रह गरेका हुन्।

उनले देशको राजनीतिक घटना क्रमलाई हेर्दा जति सक्दो चाँडो पासपोर्ट पेस्नु पर्ने आवश्यक देखिएको समेत लेखेका छन् । खतिवडा एमाले निकट अनेरास्ववियुमा सक्रिय राजनीति गरेर हाल स्वतन्त्र रहेको उनी निकट स्रोतले बताएको छ । संघीय निर्वाचनमा झापा क्षेत्र नं.३ मा आफ्नो पार्टीले राप्रपासँग तालमेल गरी निर्वाचनमा खडा भएपछि बिभिन्न बिषयमा असन्तुष्ट भएर खतिवडासँगै अन्य तीन जना युवाले आफ्नो जिम्मेवार र पदबाट राजीनामा दिएर आफ्नै पार्टी भित्र क्रान्ति गरेको एमाले निकट कार्यकर्ता नै बताउदै आएका छन्।  राजीनामा पछि खतिवडा सामाजिक काममा व्यस्त देखिन थालेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘देशको राजनीति घटनाक्रम लाई हेर्दा राजनीति नगर्नु जति सक्दो चाडो पासपोर्ट पेस्नु आवश्यक देखिन्छ । हिजोदेखि हाल सम्मको समय खाली पार्टी आफ्नो संघ सङ्गठन भनेर अग्र मोर्चमा होमिएकै हो । भोलि आवश्यक परो र पार्टीले आवश्यक ठान्यो भन्ने फेरि होमिउला त्यो अलक बिषय रह्यो ।तर, आसन्न चैत ५ मा हुने स्ववियु निर्वाचनमा संघ सङ्गठन भन्दा पनि बिद्यार्थी हकहितका लागि काम गर्ने, सामाजिक अभियानकर्मी र व्यक्ती हेरेर मतदान गरिदिनु हुन झापाका सम्पूर्ण स्ववियु निर्वाचन हुने क्याम्पसका आम विद्यार्थी साथीहरुलाई हार्दिक अपिल गर्दै छु। साच्चै शैक्षिक क्षेत्रमा परिवर्तन लाउन तपाईं विद्यार्थी संघ÷सङ्गठनमा लाग्नु भएको हो भन्ने तपाई यो पल्ट पार्टी नहेर्नु होस् असल व्यक्तिलाई उम्मेदवारको रुपमा हेरि मतदान गर्नु होस ।

उम्मेदवारको योगदान, योग्यता, काम गर्ने शैली, पारदर्शिता,भाव, आचरण, कार्यशैली, लगायत असल नेतृत्वमा हुनु पर्ने गुण अहिले मापन गर्नुहोस । उम्मेदवारले हिजो गरेका काम र भोलि गर्ने बारे स्पष्ट हुनु होस। संघ र सङ्गठनले जो जो उठाए पनि मत दिने पर्ने हजुरले ऋण खाएको होइन इच्छाएर मतदान गर्नु होस । परिवर्तन तेसै आउदैन, तेस्का लागि क्रान्ति आवश्यक छ। अलिकति माथी उठेर क्रान्ति गर्ने कोशिस गर्नुहोस। स्ववियु निर्वाचन तपाईंको लागि अवसर सगै परिक्षा पनि हो । अवसरलाई सदुपयोग सगै परिक्षा मा सफल हुनु भयो भन्ने मात्र तपाईं हामी गन्तव्यमा पुग्ने छौ एक पल्ट सोचेर बिचार गर्नु होस ।। राम्रो मान्छे जुन सुकै जहाँ सुकै होस  राम्रो उम्मेदवार रोजौ ।’