बुट्टाबारी । 

एमेटी कलेज बिर्तामोडका कक्षा १२ का  विद्यार्थीहरु र बन्दी सहायता नेपालद्वारा सञ्चालित बाल गृहका बालबालिकाहरु बीच अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक बिषय अध्ययरत विद्यार्थीहरुले ७५ प्रतिशत लिखित परिक्षा लेखी सकेपछि २५ प्रतिशत सामाजिक कार्य गर्ने सस्थागत अवलोकन गरि लिखित बुझाउनु पर्ने भएकोले बन्दी सहायता नेपालले बालबालिकाहरुलाई  स्वास्थ्य, शिक्षा र आवास कसरी ब्यवस्थापन गर्ने बिषयमा भिभुखिकरण कार्यक्रम गरेको हो । बालबालिकासँगै बसि बुझ्ने जस्ता कार्य गरि सस्थाको सबल र सुधार गर्नु पर्ने प्रतिवेदन विद्यार्थीहरुले सम्बन्धित कलेज र सस्थालाई दिइने प्राचार्य जिनेसराज शर्माले बताए। 

सस्थापक इन्दिरा राना मगरको मेहेनतप्रति सम्मान गर्दै उनी जस्तै हुन प्रेरित गरेको प्राचार्य जीवन रिजालले बताए। सस्थाको परिचय अध्यक्ष जगतबहादुर मगरले गरेका थिए भने जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयको बारे प्रधानाध्यापक रन्जित परियारले परिचय गराएका थिए । एमेटी कलेजका विद्यार्थीहरुले बालगृहका बालबालिकाहरुका लागि आवश्यक सामग्री खरिदका लागि नगरले चार हजार रुपैयाँ प्रदान गरेको थियो ।