हल्दीबारी । 

झापा हल्दीबारी–२ को नव श्रृजना प्राथमिक विद्यालयका निवर्तमान अध्यक्ष गोपालकुमार मैनालीको छोरी अमेरिकी बस्दै आएकी सबिना मैनालीले आफ्नो सातौं वैवाहिक वर्षगाठको अवसरमा विद्यालयका बालबालिकाहरुलाई सदन अनुसारको टि–सर्ट  र स्व.चन्द्रबहादुर माक्रिहाङ्ग राई स्मृति प्रतिष्ठानले उक्त विद्यालयमा स्थापना गरेको  तीन लाख रुपैयाँको अक्षयकोषको व्याज रकमबाट सदन अनुसारको विद्यालय पोशाक ज्याकेट बितरण गरेको छ । 

हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा पालिका उपाध्यक्ष लक्ष्मीदेवि मैनालीको विशिष्ट आतिथ्य साथै वडाध्यक्ष सुकलाल राजवंशीको विशेष आतिथ्यमा पोशाक बितरण गरिएको हो । सोही अवसरमा बिद्यार्थीलाई मिठाई र जससमेत वितरण गरिएको थियो । 

प्रमुख अतिथि रबिन्द्रप्रसाद  लिङ्गदेनले दाता सविना मैनालीलाई  सातौं वैवाहिक वर्षगाठको शुभकामना दिदै स्व.चन्द्रबहादुर राईको आत्माको चिर शान्तिको कामना गरेका थिए । साथै विद्यालय सुधारका लागि पालिकाले नेपालमै पहिलो पटक लन्च गरेको एप्सबाट सिसि क्यामेरा मार्फत घरमै बसेर विद्यालय अनुगमन गर्न सबैलाई अनुरोध गरेका थिए ।पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवि मैनालीले दाताहरुको उच्च मूल्यांकन गर्दै सबै मिलेर सामुदायिक विद्यालयलाई सुधार गर्नु पर्ने र पालिकाले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता दिएकी छिन् । 

कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष गोपालकुमार मैनाली, वडाध्यक्ष राजवंशीले शुभकामना मन्तव्य राखेका थिए । अध्यक्ष लक्ष्मीप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक बुद्धिप्रसाद नेपालले गरेको थिए भने कार्यक्रमको संचालन प्रधानाध्यापक भीम दाहालले गरेका थिए ।