हल्दिबारी । 

हल्दिबारी गाउँपालिका–२ को श्री सरस्वती आधरभूत बिद्यालयमा बिगत केही दिन देखि अनिर्णयको बन्दी बनेको छ । बिद्यालयमा आएको अख्तियारको पत्रको जवाफमा स्कुलले  तयार गरेकोे प्रतिबेदनमा अध्यक्ष ईश्वरी दाहालले हस्ताक्षर नगरेपछि  बहुमत सदस्यहरुले पटक–पटक बैठक बहिस्कार गर्दा स्कुलको खाता संचालन, सुचना अधिकारी चयन लगायतका एजेन्डाहरुमा निर्णय हुन सकेको छैन ।

राष्ट्रियपति बिद्यालय सुधार कार्यक्रम अन्तरगत निर्माण कार्य शुरु गरेको ४ कोठे भवनसमेत बिद्यालयको खाता सञ्चालन हुन नसक्दा बिद्यालय नै अनिर्णयको बन्दी बनेको हो ।  उक्त बिषयमा हल्दिबारी शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन भने कानमा तेल हालेर बसेको उनीहरुले आरोप लगाएका छन् ।

गत २२ गते नै बहुमत ७ सदस्य खकेन राजवंशी, खिनादेबी घिमिरे, सन्जु राजबंशी, शिव थारु, मिना कालिकोटे, सनिका राई र रचना कुलुङसहित १२६ जना अभिभावकहरुले गैर अभिभावक ब्यक्तिलाई बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाएको भनेर आपत्ति जनाउदै अख्तियारको पत्र तयार पार्दैं प्रतिबेदनमा दस्तखत नगरेकाले नैतिकताको आधारमा अध्यक्ष ईश्वरी दाहाललाई अध्यक्ष मान्न नसकिने जनाएका थिए । 

उनीहरुले यथाशिघ्र दाहाललाई पदबाट हटाउन माग गर्दै ज्ञापन पत्र समेत बुझाई सकेका छन् । तर, उक्त बिषयमा गाउँपालिकाले हालसम्म कुनै पहल कदमि नलिएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले शिक्षा क्षेत्रलाई अनिर्णयको बन्दी बनाउन गाउँपालिकाले नहुने भन्दै सरोकारवालाहरुले चासो ब्यक्त गर्न थालेका छन् ।