बिर्तामोड ।
झापाको बिर्तामोड– ६ को इन्द्रचन्द्र क्याम्पसको स्ववियु निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का तर्फबाट सुरेन्द्र गिरीले अध्यक्ष पदको लागि उम्मेद्वारी दिएका छन् ।
आगामी चैत ५ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेद्वार गिरी अखिल (क्रान्तिकारी) झापाका उपाध्यक्ष, जिल्ला खेलकूद विकास समिति झापाका सदस्य, श्री बालज्योति प्राबि शिक्षक अभिभावक संघका अध्यक्ष, लायन क्लव अफ अनारमनीका सदस्य एमनेस्टि इन्टरनेशनलका सदस्यलगायतका संघ संस्थामा रहेर कुशल रुपमा कार्यसम्पादन गरिरहेका ब्यक्ति हुन् । अध्यक्ष पदका उम्मेद्वारी गिरीले बिभिन्न सामाजिक संस्थामा कार्य गर्दै बिद्यार्थीका हकहितका लागि काम गर्दै आएका छन् ।
त्यसैगरी अखिल (क्रान्तिकारी) का तर्फबाट सचिवमा सुजव दाहाल, सदस्यमा सिल्भिशा राई, नम्रता राईले उम्मेद्वारी दिएका छन् भने समानुपातिक तर्फबाट सदस्यमा सुशन लम्साल, सन्ध्या रिजाल, सुदनकुमार भण्डारी, बिद्यादेवी फुयाल र अरबिन ढुङ्गेलले उम्मेद्वारी दिएका छन् ।
१ हजार ५ सय ८ मतदाता संख्या रहेको उक्त क्याम्पसमा अनेरास्वीयुका तर्फबाट अध्यक्षमा निर्मल लाम्गादे र नेबिसंघका तर्फबाट अध्यक्षमा पवन दाहालले उम्मेद्वारी दिएका छन् ।