झापा ।
पूर्वमा पहिचानको आन्दोलनलाई ससक्त बनाउने उदेश्यले एकता भएको छ वटा पार्टीको झापाको दमकमा सोमवार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, कोचिला संघर्ष समिति, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति लोसपा र किराँत लिम्बुवान प्रदेश नामाङकन अभियानबीच पार्टी एकीकरणपछि पहिलो पटक संयक्त बैठक बसी बिभिन्न सघर्षका कार्यक्रम तय गरेको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबि पालुङ्वाले जानकारी दिए ।
प्रदेश नं. १ पुनः नामाङ्कन सघर्ष समितिद्धारा बिराटनगरमा आगामी फागुन ५ गते आव्हान गरेको जनप्रदर्शनलाई सफल बनाउने, कोशी प्रदेश खारेज गर्न आन्दोलनलाई ससक्त पार्न राष्ट्रिय मुक्ति क्रान्तिको लागि सञ्जुहाङ पालुङ्वाको संयोजकत्वमा ९ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ । समितिको सदस्यमा त्रिनारायण राजवंशी, भक्त खेवाङ, देवीराम राई(राजकुमार खम्बु), प्रश्राम थापामगर, प्रेमदिप थाम्सुहाङ, निश्चलता लावती, कृष्ण थेबे र सुवास खापुङ रहेका छन् ।
अन्य राजनीतिक दल, संघ÷संस्था, ब्यक्तित्वसँग पार्टी एकता, वार्ता, छलफल गर्न केशव सुर्मवंशीको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन भएको छ । जसको सदस्यमा प्रेमदिप थाम्सुहाङ, रघुनाथ (राहुल) राई, एलबी पालुङुवा र त्रिनारायण राजवंशी छन् ।
एकतामा सहभागी सवै घटकका जिल्ला र पालिका तहसम्म संगठन समायोजन गर्न मित्र लिङ्देन, बिष्णु थाम्देन, त्रिनारायण राजवंशी, सुवास खम्बु(राजकुमार खम्बु), नरेश माङमुसहितको ५ सदस्यीय समिति गठनलगायतको निर्णय गरेको जनाइएको छ ।
त्यस्तै फागुन २८ गतेको एकदिने बन्द शान्तिपूर्ण सफल भएको निष्कर्ण निकालेको छ । बन्दका क्रममा प्रहरी प्रशासनको ज्यादती पूर्ण हस्तक्षेपप्रति घोर आपत्ति प्रकट गर्दै बन्दका क्रममा प्रहरी नियन्त्रणमा लिइएका नेता तथा कार्यकर्ताको पार्टीले उच्च मूल्याङ्कन गर्ने समेत निर्णय गरेको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष पालुङ्वाले बताएका छन् ।