भद्रपुर ।
नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० केन्द्र झापा क्षेत्र नं. ३ (१) ले संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान शुरु गरेको छ ।झापाको भद्रपुरमा शनिकार (आज) पार्टीले औचापरिक रुपमा अभियान शुरु गरेको हो । अभियानको उद्घाटन पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय)गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र झापा क्षेत्र नं. ३ का संयोजक डिल्ली घिमिरे (हिक्मत) ले अभियानका बारे प्रकाश पारेका थिए । अभियान उद्घाटन समारोहमा पार्टीका जिल्ला सदस्य पञ्चानन्द राजवंशीले पार्टीले जारी गरेको सर्कुलरका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार सदस्य लेखनाथ पौडेल, नरपति चापागाईं, जिल्ला सदस्य बालकृष्ण दंगाल, पार्टीका भद्रपुर नगर सहइञ्चार्ज पुकार राजवंशी सहीद परिवारका विवेक राई, गुरु घिमिरे लगायतको आतिथ्य रहेको थियो ।
पार्टीका भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपाध्यक्ष कुमारीस्वर्गीका सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन पार्टीका कचनकवल गाउँपालिका अध्यक्ष किरण सुब्बाले गरेका थिए ।