बिर्तामोड । 

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) विरुद्ध सर्वोच्च अदालतमा हत्या अभियोग मुद्दा दर्ता गरिएको घटनाप्रति नेकपा (माओवादी केन्द्र ) बिर्तामोड नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । 

माओवादी केन्द्र बिर्तामोड नगर कमिटीले बिज्ञप्ती जारी गर्दै देश र जनताको भविस्य माथि खेलबाड, षड्यन्त्र र हजारौं शहिदहरु प्रतिको अपमान हुने खालका गलत हर्कतहरुप्रति घोर निन्दा तथा भत्सना गरेको छ । 

 ‘१० बर्षै जनयुद्ध ०६२–०६३ को जनअन्दोलन र त्यसको जगमा स्थापित भएको बृहत शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्य निरुपन तथा छानबिन आयोगले संक्रमणकालिन द्वन्दका मुद्दाहरुलाई बृस्तृत १२ बुँदे शान्ति सम्झौतामा टेकेर सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको क्षेत्र अधिकार बाटै द्वन्दकालिन मुद्धा टुङ्गो लगाउनु पर्ने सबैमा सर्बबिदितै भएको ध्यानाकर्षण गराउन चाहन्छौ ।’ बिज्ञप्तीमा उल्लेख छ । 

प्रचण्डलाई फसाएर बर्तमान नेपालको संविधान र अग्रगामी उपलब्धिहरुको हरण गर्न खोजेको भन्दै मुद्दा पेशिसँगै खरेजीको लागि पार्टी नगर कमिटीले जोडदार माग गरेको छ । बिज्ञप्तीमा भनिएको यस्ता गलत क्रियाकलापको विरुद्धमा ससत प्रतिबाद गर्नको लागि आम नागरिक समाज तथा गणतन्त्रप्रेमि, प्रबुद्ध वर्ग, बुद्धिजीवी, आम न्यायप्रेमि जनसमुदाय र पार्टी सम्बद्ध सबै संगठनहरुलाई अपिल गर्दै सम्बन्धीत पक्षलाइ यस्तो गलत निर्णय षड्यन्त्र नसच्याए आन्दोलनको अग्र पंक्तिमा माओवादी रहने उद्घोष गर्दछौं । बिज्ञप्तीमा पार्टीका नगर कमिटी अध्यक्ष मोहन सुब्वा र सचिव गणेश सौगात कालिकोटेले हस्ताक्षर गरेका छन् । 

त्यसैगरी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) झापाले पनि प्रेस बिज्ञप्ती जारी गर्दैे संगठनको गम्भिर ध्यानार्कषण भएको जनाएको छ  । 

शान्ति प्रकृयासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुरुप व्यवस्थापन संगठन दृढ रहेको बताउँदै संक्रमणकालिन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत तार्किक निष्कर्षमा पुयाई द्वन्द्वकालका मुद्धा टुङगाउन जरुरी जनाएको हो । 

बिज्ञप्तीमा भनिएको छ ‘शान्ति सम्झौता र परिवर्तनका विरुद्धमा हुने कुनैपनि हर्कतको प्रतिवाद गर्नसंगठन प्रतिबद्ध रहेको छ ।’ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री प्रचण्ड विरुद्धमा चलाउन लागिएको अभियोग विस्तृत शान्ति सम्झौता अनुरुप नरहेको संगठनको धारणा छ । द्वन्द्वकालका सम्पूर्ण मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुङग्याउन समेत सम्बन्धीत पक्ष समक्षलाई अपिल गरेको छ । बिज्ञप्तीमा संयोजक शंकरप्रसाद सेडाईले हस्ताक्षर गरेका छन् ।