झापा । 

नेपाल कम्य्निष्ट पार्टी माओवादीलाई एकताबद्ध गराउने उदेश्यले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रयास शुरु गरेका छन् । 

तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूलाई एकताबद्ध गराउन शुक्रवार (आज) बैठक बस्दै छ। 

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष  प्रचण्डले पछिल्लो समय सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्दै आएका छन्। 

गत मंगलबार पनि पूर्वमाओवादी घटकहरूको बैठक बसेको थियो।