prakash g

  • प्रकाश उप्रेती

विगत वर्ष झैं यसवर्ष २०७९ सालको रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । कोभिड(१९ को समयमा गत वर्ष होली खेलिएन । यो पटक महामारीको समस्या नभएका कारण होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लासपुर्ण हुने बिश्वास गरिन्छ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने प्रचलन छ । सदियौंदेखि होली मनाइदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरुलाई रंग नदल्नु पानी नछ्याप्नु । तर, यो लागुभएको पाइदैन् । जबर्जस्ती गर्नेलाई कारवाही गरिने भने पनि व्यवहारिक रुपमा भने लागु भएको पाइदैन । प्रशासनले यसपटक भने इच्छाविपरित रंग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुन ल्याएको छ । तर त्यो कत्तिको लागु हुने हो हेर्न बाकी नै छ । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरिएको पाइएको छ । यसले उत्सव नभएर होलीप्रति नकारात्मक सोच जगाउँछ ।

  • होलीका दिन अतिआवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतीमा नै रंग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रंग लगाउन हुँदैन । त्यसप्रति पनि सजक हुनुपर्ने देखिन्छ । होली खेल्ने क्रममा पुरुषभन्दा महिना वा किशोर भन्दा किशोरीहरु अलि बढी उत्तौलो, उछृड्कल भएको पाइन्छ । यसले समाजमा अलिबढी समस्या आउने संकेत गर्दछ । नारीले आफ्नो सर्वान्ड्ग शारीरिक अंग प्रदर्शन गरेर होली खेल्दा महिला होस् या पुरुष जो कोहिलाई पनि नकारात्मक बिचार सोच्न बाद्य्य हुन्छ्न् । त्यसैले आङभरी कपडा पहिरिएर पनि होली खेल्न र उत्साह साटासाट गर्न सकिन्छ-सुझाव छ ।

होली खेल्दा जर्वरजस्ती गर्नेहरु भन्ने गर्छन् । वर्ष दिनमा आउने होलीमा रंग नदलेर कहिले दल्ने रु तर्क ठिकै भएपनि इच्छा विपरित कसैको शरीरमा रंग र लोला हान्न कसैलाई छुट छैन । मदिरा, भाङ र गाजाँको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदैछ अकल्पनिय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सजक हुन आवश्यक छ । होलीमा त हो चाखी हेरौ भन्नेहरु यसको लतमा दुर्ब्यसनीमा फस्न सक्छन् । केही क्षण यसको रमझममा भुलेपनि बानी परेको खण्डमा यसको दीर्घकालिन असर नराम्रो हुन्छ । आर्थिक क्षति छदै छ स्वास्थ्यमा समेत नकरात्मक असर पुर्याउदछ । त्यसैले स्वच्छ भएर होलीमा समाहित हुनु नै राम्रो हुनेछ ।   होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर ।

  • यसले गर्दा एउटै देशमा रहेका नेपालीहरुमा टाढा रहेको अनुभूति दिलाउछ । नेपाली हुनुको, दाजुभाई दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकैदिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुशीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि ।   होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।   होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धासम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाँच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।   फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर( विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर ९लिङ्गो० लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

  • होलीको बारेमा पौराणिक भनाइ अनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपु नामक राक्षसले भगवान विष्णुभक्त आफ्नै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई (जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन( जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । तर प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।

होली पर्वसगै नारीको अधिकारका लागि नेपाल सरकारले नारीका लागि विशेष दिन ञनारी दिवसझ मनाउने गरेको छ । नारी एक महान् र आमा हुन् । जसको अनुपस्थितमा संसार नै अधुरो र अपुरो रहन्छ । जो नारीलाई घरमा होस् या कार्यालयमा, गाउँ होस् शहर( नारिलाई आदार, सम्मान् र संस्कारिक छ्न् भने त्यो ठाँउ स्वर्गतुल्य हुनेगरेको पाइन्छ । उहि नारीलाई तिनै ठाँउमा गर्ने ब्यवहार राम्रो हुदैन, ति नारीको पनि काम गर्ने शैली(संस्कार राम्रो पाच्य छैन भने घर,गाउँ,कार्यालय, शहर पनि अशब्भ भएको पाइन्छ । त्यसैले नारी आफैले पनि र नारीको साथमा रहने जो कोही पुरुषले पनि नारीलाई गरिने इज्जत(मान(सम्मानले उनको सकारात्मक पाटोमा हौसला बडाउने कार्य(गतिविधि गर्नु जरुरी छ ।

संसारमा समाजको अपरिहार्य शक्तिको प्रतीक हो नारी । आमाको काख, दिदी(बहिनीको स्नेह, श्रीमती अनि मायालुको माया, यी सबै नारी पात्र हुन् । आज तिनै नारीहरूको अन्तर्राष्ट्रिय दिवस, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।

  • संसारभरि विभिन्न कार्यक्रमहरू गरेर सामाजिक, आर्थिक लगायत विकासका अन्य धेरै आयामहरूमा नारीहरूको सक्रिय सहभागिता अनि नेतृत्वको प्रशंसा गरिन्छ । संसारमा लैङ्गिक समानता एउटा अभियान केवल लमतन्न नारा मात्र भएको छ, निकै विकसित भनिएका देशहरू पनि नारी उत्पीडन अनि असमानताका मुद्दाहरू लुकाएर बसिरहेका छन् । तथापि नेपालले भने यसपाला नारी समानतामा एउटा युगान्तकारी, गौरवशाली अनि संसारलाई नै उदाहरणीय कदम चालेर देखाइदिएको छ ।
  • समाजमा व्याप्त अतिवादी सोच र सङ्कीर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त छ की २१ औ शताब्दीको यो अत्याधुनिक युगमा बोक्सीको आरोपमा मानव मलमूत्र खुवाइन्छ, जङ्गली सामाजिक संरचनाका छविहरू तब देखिन्छ जब एउटी महिला निरीह कुटिन्छिन्, पिटिन्छिन्, अपमानित हुन्छिन् । मेरो बिचारमा नारी लक्ष्मी हुन् । लक्ष्मीलाई धनकी देबिको रुपमा हेरिन्छ । लक्ष्मी पुजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिनुले समाजमा त्यसको असर नकारात्मक रुपमा देखिन्छ । तर, तिनै नारीकै कारण कयौं नारी महिला हिंसाका शिकार पनि भएका घटना प्रयाप्त छ्न् । नारीले आफ्नो अस्तित्व बचाउन आह्वान गरिरहँदा आफुसमानका नारीको इज्जत र अस्तित्व पनि जोगाउनु तिनै नारीको दायित्व हो र जोगाइराख्नु अहिलेको आवश्यकता हो । आम नारी दिवसको शुभकामना ।