बिर्तामोड ।
झापाको बिर्तामोडमा काठमाडौं वल्र्ड स्कूलले आज अन्तरक्रिया गरेको छ । स्कूलले ‘नेपाल टुर’ अन्तरगत झापाको बिर्तामोडमा सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।
अन्तर्राष्टिस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले सञ्चालनमा आएको स्कूलले अभिभावकसँगै सरोकारवालाहरुलाई स्कूलको विविध पक्षबारे जानकारी गराउने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको स्कूलका व्यवस्थापन समिति अध्यक्ष डा. मिथिलेशकुमार झाले जानकारी दिए।
अन्तरक्रियामा स्कूलका प्रिन्सिपल केशरबहादुर खुलालले बर्सेनि ६५ हजार जना भन्दा बढी विद्यार्थी शिक्षा आर्जनका लागि भारत जाने गरेको बताए । उन्नत शिक्षा दिएर भविष्यमा योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने विद्यालयको मुख्य लक्ष्य रहेको उनले बताए । विद्यार्थीको क्षमता र उसमा निहीत कला, सीपलाई समेत उजागर गर्ने गरी खेलकुद, नाचगान, कृषि लगायतका अतिरिक्त क्रियाकलापमा निपूर्ण बनाइने जनाइएको छ ।
निजीस्तरमा खुलेका धेरै स्कूलले नाफा मात्रै आर्जन गर्ने तर गुणस्तरमा खासै ध्यान नदिने उहाँको भनाइ छ । तर, काठमाडौं वल्र्ड स्कूल त्यसको विपरीत रहेको उनको दाबी छ । कार्यक्रममा सहभागीहरुलाई पत्रकार तुलसीप्रसाद निरौलाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सीमा बस्नेतले गरेकी थिइन् ।


















