भद्रपुर । 

उप–सभामुख इन्दिरा राना मगरले प्रतिनिधि सभा सदस्य स्व.सेहनाज रहमानको घरमा पुगेर समवेदना दिएकी छिन् । स्व.रहमानको ह्र्दयघातका कारण गत फागुन १३ गते काठमाडौंमा निधन भएको थियो । उनी जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य थिए । 

मगरले स्व. रहमानको निजि निवास झापाको भद्रपुरमा पुगेर स्व. रहमानको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् । 

उनी एउटा पिछडाबर्ग समुदायको जुझारु साथै  महिला र आफ्नो समुदायको बिकासका लागि सदैव अग्रसर रहने ब्यक्ति थिए । परिवारजनमा केही समस्या भए आफू सात सहयोगका लागि सदैव साथमा रहने उप–सभामुख मगरले बताइन् ।

परिवारजनको तर्फबाट उनका श्रीमान रहमानले नेपाल सरकारले बहालवाला प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा रहेको सेहनाजलाई सलामी सुद्द नदिइ अन्तेष्टी गर्नु पर्दा आफू दुःखी भएको गुनासो गरेका थिए । आफुले प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्दा गृहबाट आदेश नआएकोले पछि आफ्नो सस्कार अनुसार अन्तेष्टी गरेको बताए ।