बिर्तामोड ।
युकेमा बिएससी नसिङ अध्ययन गर्ने नेपाली दुई सय जना बिद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गरिने भएको छ । सन् २०२३ लाई लक्षित गरी युकेको युनिर्भसिटी साउथ वेल्सले दुई सय नेपाली बिद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गर्न लागेको राइट एजुकेशन सर्भिसेस बिर्तामोडले बिहीवार (आज) पत्रकार भेटघाट गरी जानकारी दिएको हो ।
राइट एजुकेशन सर्भिसेसका प्रबन्ध निर्देशक नबिन बोहोराका अनुसार बिएससी नसिङ अध्ययनका लागि जाने बिद्यार्थीले ३ बर्ष अध्ययन गर्ने र २ बर्ष काम गर्न पाउनेछन् ।
अध्यनका लागि जाने बिद्यार्थीले आयल्स(आईईएलटिएस) कम्तिमा ६.५ अंक ल्याएको साथै एचएससी, बायोलोजी र केमिस्ट्रीमा ७० प्रतिशत अंक ल्याएको हुनुपर्ने प्रवन्ध निर्देशक बोहोराले जानकारी दिए । अध्यनका लागि जाने बिद्यार्थीले फारम भर्ने अन्तिम मिति २७ मार्चसम्म मात्र रहेको जनाइएको छ ।
राइट एजुकेशन सर्भिसेसले अस्टे«लिया, युएसए, युके, क्यानाडा, न्युज्वल्याण्डलगायतका देशहरुमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको प्रबन्ध निर्देशक बोरोराले जानकारी दिए ।