झापा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) फागुन १९ गते कतार जाने तयारीमा छन् । फागुन २१ गतेदेखि शुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतारको राजधानी दोहा जाने तयारी गरेका हुन्।
अल्पविकसित राष्ट्रहरुको सम्मेलन फागुन २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवम् राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
तर राष्ट्रपतिको निर्वाचन नजिक भएकाले परिस्थिति अनुसार थप निर्णय हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते छ । प्रधानमन्त्री प्रचण्ड १९ गते दोहा गएर २२ गते नै स्वदेश फर्किने तयारी रहेको बुझिएको छ। गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।