किर्तिपुर । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले  सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन् । पार्टी निकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको किर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले कार्यक्रममा राष्ट्रपतिको चुनाबबाट यो सत्ताधारी गठबन्धनको भविस्य टुङ्गो लाग्ने र त्यो एक हप्ता भित्र हुने पनि बताए । सत्ताधारी गठबन्धनमा संविधान बिरोधिदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने अध्यक्ष नेपालले तर्क गरे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूको स्थायी कमिटीको बैठक बसिरहेको छ । बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।