बिर्तामोड ।
काठमाडौंमा मुख्य कार्यालय रहेको ब्रीज इन्टरनेशनल प्रालिले विद्यार्थीको रुची तथा क्षमता अनुसारको शैक्षिक परामर्श दिने उदेश्यले झापाको बिर्तामोडमा शाखा सञ्चालन गरेको छ ।
बिदेश अध्ययनका लागि जाने बिद्यार्थीलाई उचित शैक्षिक परामर्शसहित बिभिन्न कक्षा, तथा अध्ययनका लागि जाने देश तथा बिद्यालयको बिषयमा जानकारी बिर्तामोडबाटै गराउन बिर्तामोडमा शाखा सञ्चालन गरेको ब्रिज इन्टरनेशनलका एक्जुकेटिभ चेयरमेन भुवन गिरीले बताए । ब्रीजको बिर्तामोड शाखाको उद्घाटन शुक्रवार (आज) बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।
कन्सल्टेन्सीले विद्यार्थीको नेतृत्व विकास गरी विदेश पठाउने, भाषा सिकाउने, अध्ययनका लागि भिषा प्राप्त गर्न अघि तथा भिषा प्राप्त गरिसकेपछि ओरियन्टेशन सेमिनार सञ्चालन गर्ने साथै विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्नेलगायतका कार्य गर्ने जनाइएको छ ।
ब्रीजले बिशेष गरेर क्यानाडा, अस्ट्रेलिया, युके, जापानलगायतका देशमा अध्ययनका लागि जाने बिद्यार्थीलाई शैक्षिक परामर्श तथा भाषा सिकाउने ब्रीजका एक्युजेटीभ चेयरमेन गिरीले बताए ।
कन्सल्टेन्सीका एक्जुकेटिभ चेयरमेन भुवन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । उद्घाटन कार्यक्रममा बिर्तामोड–३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाल दशनामी समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोबिन्दबिक्रम गिरी, फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाका अध्यक्ष चन्द्रप्रसाद गिरी, मोडल स्मारिका तथा समारिका ढकाल, नेपाल दशनामी समाज प्रदेश नं. १ उपाध्यक्ष शारदा गिरीलगायतको उपस्थिति रहेको थियो ।
बिगत ७ बर्षदेखि सञ्चालनमा आएको ब्रिज इन्टरनेशनलले तेस्रो शाखाको रुपमा बिर्तामोडमा सेवा बिस्तार गरेको हो । कार्यक्रमको सञ्चालन बिर्तामोड शाखाका प्रमुख जितेन्द्र गिरीले गरेका थिए । कन्सल्टेन्सी उद्घाटनकै अवसरमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत बिर्तामोड नगर अस्पतालाई एलइडी एउटा टेलिभिजनसमेत प्रदान गरेको छ ।