हल्दिबारी । 

नेकपा एमाले हल्दीबारी गाउँ कमिटीले गाउँपालिकामा मंगलबार (आज) ध्यानाकर्षण पत्र बुझाएको छ। नेपाल सरकार मन्त्री परिषद  निर्णय बमोजिम भू–योजना तथा जग्गा वर्गीकरणका लागि हालै मात्र हल्दिबारी गाउँपालिकाबाट प्रकाशित सूचनामा अत्यन्त झन्झटिलो  तथा अबैज्ञानिक रहेको, जग्गा वर्गीकरण कार्य सहज रुपमा हुनुपर्ने, जग्गा वर्गीकरण कार्य जस्तो आम सरोकार र दीर्घकालीन योजना भएको हुँदा आम सरोकारवालासँग छ्लफल गरी  कार्यान्यनमा जानुपर्ने एमालेको ध्यानाकर्षण पत्रमा माग गरिएको छ । 

त्यस्तै पार्टीले हल्दिबारी गाउँपालिकामा  ध्यानाकर्षण पत्र बुझाउने योजनाका साथ पालिकाका अध्यक्ष रबिन्द्र प्साद लिङ्देनलाई अग्रिम समय समेत गरेको तर उक्त समयमा पालिका अध्यक्ष कार्यालयमा उपस्थित नहुनुलाई पार्टीले गम्भीरतापूर्वक लिएको पार्टीका सचिब सागर पोर्तेलले  जानकारी गराए । ध्यानाकर्षण पत्र निमित्त प्रमुख प्रशासकिय अधिकृत राजन न्यौपोले बुझेका छन्।

एमालेले आम हल्दिबारीबासीको हक र अधिकार तथा जायज माग प्रतिको हदै सम्मको उदासिनता  तत्काल सच्याउन समेत जोडदार माग गरेको छ ।  कार्यक्रममा प्रदेश कमिटी सदस्य मोहनचन्द्र रेग्मी, जिल्ला कमिटी सदस्यहरू धनकेशर बस्नेत, ललिता बस्नेत, जिल्ला सचिवालय सदस्य नरेश चुडाल गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा, गाउँ कमिटीका पदाधिकारीहरू र वडा समितिका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।