झापा । 

२८औँ जनयुद्ध दिवसको अवसरमा झापाको बिर्तामोडको  मुक्तिचोकमा दीपप्रज्वल र कनकाई माई आर्यघाट तथा कोटीहोम परिसरमा सरसफाई कार्यक्रम भएको छ । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले मुक्तिचोकमा दीप प्रज्वलन र कोणसभा गरेको थियो भने कनकाई नगर कमिटीले कनकाई माई आर्यघाट तथा कोटीहोम परिसरमा सरसफाई कार्यक्रम गरेको हो । 

मुक्तिचोकमा जनयुद्ध दिवसको अवसरमा सोमबार साँझ  दीप प्रज्वलन कोणसभालाई सम्बोधन गर्दै  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशिला चापागाईले जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्न आग्रह गरिन् । मुलुक जनयुद्धबाट प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता एजेण्डाबाट अगाडी बढिरहेको बताउँदै यसको रक्षाका लागि सबैजना लाग्नु पर्ने बताइन् । नेतृ चापागाईले जनयुद्धमा साहदत प्राप्त गरेका तथा बेपत्ता पारिएका व्यक्तिहरुको स्मरण गर्दै उनीहरुको सपना साकार बनाउन सम्पूर्ण गणतन्त्र पक्षधरहरु एक हुनुपर्नेमा जोड दिइन् ।

माओवादी केन्द्र बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बाको अध्यक्षतामा भएको कार्यक्रम सचिव गणेश कालिकोटे ‘सौगात’ले सञ्चालन गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य झलकसिं दर्लामी ‘सन्देश’, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य निरु खतिवडा, झापा सहइञ्चार्ज सिपी कडरिया, ज्योतिसिहं दर्लामी, प्रदेश सदस्य बासु दुलाल, भुपाल सापकोटा, जिल्ला संयोजक राजु आचार्य (अग्नी), मजदुर नेतृ सीता सापकोटा, नगर कमिटी उपाध्यक्षहरु कमल कडरिया, जेवी जबेगुलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।   

माओवादी केन्द्र कनकाई नगरको आयोजनामा कनकाई माई नदि परिसरको कनकाई घाट क्षेत्रको सरसफाई माओवादी केन्द्रका प्रदेश समिति उपाध्यक्ष मणिकुमार साम्पाङ बिजयले माओवादी आन्दोलनको जगमा यी सबै व्यावस्थाको स्थापना भएको बताउँदै माओवादी सेनाले जनयुद्धको सुरुवात गरेर गणतन्त्र, संघियता लगायातका व्यावस्था गर्नुको साथै २४० बर्षे जहानिया राजाको शासनको अन्त्य गरेको बताए । 

माओवादी केन्द्र कनकाई नगर यामनाथ सेडाँई अध्यक्षको अध्यक्षतामा भएको सरसफाई अभियानमा माओवादी केन्द्रका नेतृ तथा संविधानसभा सदस्य बर्षा साम्पाङ्ग माओवादी केन्द्रका प्रदेश सदस्य गोपाल प्रसाई, नगर उपाध्यक्ष दिलिप घतानी, रामबहादुर थापा, सचिव विष्णु बिमली प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली लगायात २ सय वढीको सहभागिता रहेको थियो ।