झिलझिले । 

लेखक चन्द्रप्रसाद घिमिरेद्धारा लिखित ‘श्रीमदभागवत महापुराण ’ नेपालीमा अनुवाद गरिएको किताब बिमोचन  गरिएको छ । पुस्तकको आज सोमबार एक कार्यक्रमकाबिच पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिमोचन गरेका हुन् । 

शिवसताक्षीको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा सोमबार आयोजित आदिवासी जनजातीहरुले आयोजना गरेको सांस्कृतिक  महोत्सव कार्यक्रममा एमाले अध्यक्ष ओलीले घिमिरेले लेखेको पुस्तक सार्वजनिक गरेका हुन् । उनले घिमिरेले लेखेको महापुराण पुस्तकको चर्चा संगै महत्वका बारेमा दर्शाएका थिए । 

संस्कृत भाषामा उल्लेखित श्री मदभागवत  महापुरणलाई नेपालमै पहिलो पटक जस्ताको त्यस्तै नेपालीमा अनुवाद गरेर ‘सचित्र भाषा टीकामा ’ प्रकाशन गरेको लेखक चन्द्रप्रसाद घिमिरेले जानकारी दिए । संस्कृत भाषा सबैले नबुझ्ने भएको , संस्कृत भाषा पढे पनि धेरैले त्यसको अर्थ नबुझने भएको र भावि पुस्ताको संस्कृत भाषाप्रति रुचि घट्दै गएको सन्दर्भमा लोप हुन लागेको भन्दै यसको महत्व र अर्थ बुझाउन पनि नेपालीमा पहिलो पटक स्लोकद्धरा लेखिएको श्रीमद भागवत महापुरण तयार गरिएको घिमिरेले बताए । 

हिन्दूु समाजकालागि एकदमै आवश्यक धार्मिक पुरणहरु मध्येको श्री मदभागवत  महापुरण शिरोमणी भएका कारण पनि नेपालीमा श्लोक बनाएर लेखेको घिमिरेको भनाई छ । लेखक घिमिरेका अनुसार १४५० पृष्ठ लामो पुस्तक लेख्नकालागि झण्डै ३ बर्ष समय लागेको थियो ।  पुस्तकको बजार मुल्य १ हजार ५ सय १५ रुपैंया रहेको पनि उनले बताए । 

कार्यक्रममा पुस्तक तथा लेखकको बारेमा संक्षिप्त जानकारी पण्डित प्रकाश चन्द्र रिवजालले गराएका थिए । लेखक घिमिरेको श्रीमती पुण्यकुमारीको केहि बर्ष अघि मृत्यु भइसकेको छ भने उनका दुई छोराहरु राजकुमार घिमिरे(राजु) रामअवतार घिमिरे लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।