झापा ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापासहित झापाका नगर कमिटीले बिभिन्न स्थानमा जनयुद्ध दिसवका अवसरमा सोमवार (आज) बिबिध कार्यक्रमको आयोजना गरेका छन् । माओवादी केन्द्रले आज झापासहित देशभर बिबिध कार्यक्रम आयोजना गरेर २८ औं जनयुद्ध दिवस मनाउने तयारी गरेका छन् ।
२८ औंं जनयुद्ध दिवसको अवसरमा आज पूर्व जनमुक्ति सेना नेपाल प्रदेश १ र जनयोद्धा प्रतिष्ठान प्रदेश १ को संयुक्त आयोजनामा झापाको पर्यटकीय क्षेत्र दोमुखामा बनभोज तथा पुनर्मिलन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारले सांगितिक कार्यक्रमसमेत हुने जनाइएको छ ।
कनकाई नगर मिमिटीले कनकाई आर्यघाट र कोटीहोमम परिसरमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । त्यस्तै बिर्तामोड नगर कमिटीले आज साँझ झापाको मुक्तिचोकमा दीप प्रज्वल तथा कोणसभाको आयोजना गरेको छ भने अन्य स्थानीय तहमा समेत आज बिबिध कार्यक्रम आयोजना गरेको छ । भद्रपुर नगर कमिटीले हिजो आइतवार भद्रपुरमा दीपप्रज्वल गरेर जनयुद्ध दिवस मनाएको थियो ।
नेपाल सरकारले फागुन १ गते आज जनयुद्ध दिवसका रुपमा देशभर सार्वजनिक दिएको छ । २०५२ फागुन १ गतेबाट शुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए ।
सो जनयुद्धको नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यसअघि एक साताअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक बिदा धेरै भएको भन्दै बिदा कटौती गर्नुपर्ने बताएका थिए । तर, आफ्नै अभिव्यक्ति प्रतिकूल हुने गरी प्रधानमन्त्री दाहालले विगतमा नदिइएको सार्वजनिक विदा थप गराएका हुन् ।