मेचीनगर । 

झापाको मेचीनगर नगरपालिका नगर कार्यापालिकाको दोस्रो नगरसभाकोे दोस्रो वैठक सम्पन्न भएको छ ।  नगरसभाको दोस्रो वैठकको उद्घाटन झापा क्षेत्र नं.१ (क) का प्रदेश सांसद गोपाल तामाङले गरेका थिए ।

प्रदेश सांसद तामाङले  स्थानीय सरकार भएका कारण मेची नगरपालिकाको आम नागरिकप्रतिको दायित्व धेरै भएको बताएका छन् । उनले जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएका कारण यस संस्थाप्रति आम नागरिकको आशा र भरोसा धेरै भएको र त्यसलाई साकार पार्न स्थानीय सरकार लागि पर्नुपर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि झापा क्षेत्र नं.१ (ख) की प्रदेश सांसद सबिना बजगाईले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएका कारण जनताको माग बढी भन्दा बढी गर्नु पर्ने बताइन् ।  कार्यक्रममा नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आफ्नो नेतृत्वमा स्थानीय सरकार सञ्चालनको करिब ९ महिना जति मात्रै भएकाले केही काम सम्पन्न भएको केही सञ्चालन हुँने क्रममा रहेको बताए ।

नेकपा एमाले मेचीनगर अध्यक्ष राजु पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर सचिव विशालकृष्ण बाँस्तोला, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतले नगरको विकास र समृद्धिमा राजनैतिक दलले सधै रचनात्मक सहयोग गर्ने बताए । कार्यक्रममा मेचीनगर प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर अध्यक्ष भिबहादुर कुँवर, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराललगायतको आतिथ्यता रहेको थियो ।