सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि

शेयर सदस्य अध्ययन अवलोकन भ्रमण सूचना

प्रथम पटक प्रकाशित मिति : २०७९/१०/१८

यस संस्थाको शेयर सदस्यलाइ निम्न अनुसारको स्थानहरुमा अध्ययन अवलोकन भ्रमणको लागि तपशिल शर्तहरु सहित आवश्यक कागजातहरु संलग्न राखि इच्छुक ट्राभल फर्म/कम्पनी/संस्थाबाट सूचना प्रकाशित मितिले ७ दिन भित्र कार्यालय समयमा दर रेट आव्हान गरिन्छ ।

  • शर्तहरु :

१) ट्राभल्स कम्पनी नेपाल सरकारबाट मान्यता प्राप्त भएको हुनु पर्नेछ ।

२) सम्पूर्र्ण सहभागी भ्रमण सदस्यलाई यातायात, खाना, खाजा,आवासको ब्यवस्थापन ट्राभल एजेन्सीले गर्नु पर्ने छ ।

३) दर रेट प्रस्तुत गर्दा सम्पूर्ण प्याकेजमा प्रस्तुत गर्नु पर्ने छ ।

४) समय नाघी वा रीत पुरा नगरी प्राप्त दर रेट मान्यता दिइने छैन ।

५) बोलपत्र स्वीकृत गर्ने, नगर्ने वा रद्द गर्ने सम्पूुर्ण अधिकार संस्थाको संचालक समितिमा सुरक्षित रहनेछ ।

  • भ्रमण गर्ने स्थान तथा संख्या : 

१. भ्रमण सहभागी संख्या  : ३० जना २. भ्रमण गर्ने दिन :  ४ रात ५ दिन

  • भ्रमण गर्ने रुट :

क. पोखरा, चितवन र लुम्बिनी ख.  लुम्बिनी, सुपा देउराली र स्वर्गद्धारी

ग. पोखरा र मुस्ताङ्ग घ  .कालिन्चौक, काठमाण्डौ र भक्तपुर

ङ. सिक्किम र दार्जिलिङ

  • दर भाउ पत्रमा संलग्न हुनु पर्ने आवश्यक कागजपत्रहरु 

क. कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

ख. भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी ।

ग. आ.व.०७८/०७९ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी ।

सहारा नेपाल (साकोस) लि.

                 मूल कार्यालय, बिर्तामोड–२ (चारपाने)

    ईमेलः[email protected]

  फो.न. ०२३–५४११९८