अर्जुनधारा ।
शनिश्चरे माध्यमिक बिद्यालयले ७५ औं बार्षिकोत्सवका अवसरमा बिद्यालय परिसरमा निर्माण भएको भवनको उद्घाटन, छात्रवृत्ति वितरण, बिद्यालयका उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान र बर्ष उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ मा रहेको बिद्यालयले शनिवार (आज) सांगितिक कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो ।
सोही कार्यक्रमकाबिच राष्ट्रिय योजना आयोगको बिशेष अनुदानमा बिद्यालय परिसरमा निर्माण भएको ३ तले तथा ९ कोठाको भवनको उद्घाटन गरिएको छ । आयोगको अनुदान ९३ लाख ९१ हजार ५५८ रुपैयाँ ७१ पैसामा निर्माण सम्पन्न भएको भवनको उद्घाटन नेपाल सरकारका सचिव तथा राष्ट्रिय योजना आयोगका सदस्य सचिव तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका केवलप्रसाद भण्डारीले गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहालको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा नेपाल सरकारका सचिव तथा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा नगरकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईको बिशिष्ठ आतिथ्य रहेको थियो । बिद्यालयको प्रतिवेदन तथा स्वागत बिद्यालयलका प्रधानाध्यापक चेतामणि खनालले गरेको कार्यक्रममा शिक्षक चन्द्रकला सेवेदी दाहाललाई बर्ष उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक कपिलदेब तिम्सिनालले गरेका थिए ।
कार्यक्रममा छत्र थापा स्मृति अक्षयकोष र लोकनाथ–हेमकला अक्षयकोषका तर्फबाट भद्रबहादुर बुद्ध, लक्ष्मी ओली र सबिना अधिकारीलाई २०७७ सालको छात्रबृत्ति प्रदान गरिएको थियो । त्यस्तै २०७७ सालको खगेन्द्र विभा अक्षयकोषको तर्फबाट भद्रबहादुर बुद्ध, लक्ष्मी ओली र रुद्र तोरण पुरस्कारबाट स्वपनिल नयन सुवेदी, डोल्मा शेर्पालाई छात्रवृत्ति प्रदान गरिएको छ ।
२०७८ को छत्र थापा स्मृति अक्षयकोष रोशन खनाल, निश्मा खतिवडा, लोकनाथ–हेमकला अक्षयकोषका तर्फबाट एलिना न्यौपाने, प्रनिशा पुरी, खगेन्द्र विभा अक्षयकोषको तर्फबाट एलिना न्यौपाने र प्रनिशा पुरी, रुद्र तोरण पुरस्कारबाट स्वपनिल नयन सुवेदी, सपना आलेलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
बार्षिकोत्सव कार्यक्रममा वडाध्यक्ष, पूर्व शिक्षक, पूर्व बिद्यार्थी, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।