झापा  ।

 उपप्रधान एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देन र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटवीच भेटवार्ता भएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज (शुक्रवार) भएको भेटमा उनस्हरूबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

बेलायत नेपालको सबैभन्दा भरर्दो विकास साझेदार रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले बेलायतले सङ्कट र प्रकोपको समयमा महत्त्वपूर्ण सहयोग गरेको स्मरण गरे । त्यस अवसरमा राजदूत पोलिटले नेपालको ऊर्जा खपतमा सहयोग गर्न बेलायत सरकार इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि ऊर्जा मन्त्रालयका निकायसँगको सहकार्यलाई अझै विस्तार गर्ने वताए ।

नवीकरणीय ऊर्जा उत्पादन तथा बिद्युत व्यापारमा पनि सहजीकरण गर्न बेलायत सरकार तयार रहेको राजदूत पोलिटले वताए। ऊर्जा क्षेत्रका निकायको संस्थागत सबलीकरणमा पनि सहयोग गरिरहेको उनले उल्लेख गरे  ।

अहिलेको सरकारको प्रथमीकता राष्ट्रिय एकता, शुसासन र सेवा प्रभाह भएको उल्लेख गर्दै उपप्रधानमन्त्री लिङ्देनले त्यसमा वेलायत सरकारको पूर्ण सहयोग रहने विश्वास व्यक्त भएको थियो । 

फरक प्रसंगमा उपप्रधानमन्त्री लिङ्देनले भूपू व्रिटीश गोर्खा सैनिकको समस्या समाधानको लागि राजदूत पोलिट समक्ष आग्रह गरेका थिए ।