काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रवार (आज)  बस्ने भएको छ । हिजोदेखि शुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने जनाइएको छ । 

हिजोको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पेस गरेका थिए ।  

प्रचण्डले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गरेका थिए । आज अध्यक्षको प्रतिवेदनमाथि नेताहरुले आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।