झापा ।  

इन्दिरा रानामगर उप–सभामुखमा निर्वाचित भएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्य बनेकी रानाले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उप–सभामु्ख बनेकी हुन् । 

रानाको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन थिए । मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित भएकी हुन् ।

उनको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो । यस्तै तटस्थ १ मत परेको थियो । शनिबारको प्रतिनिधिसभामा २६४ सांसदको उपस्थिति थियो ।