झापा । 

सत्ता साझेदार दलहरुका तर्फबाट इन्दिरा राना मगरले उप–सभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद बनेकी रानाले नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपा, र जनमत पार्टीलगायतको समर्थनमा रास्वपाले उप–सभामुख लिने सहमति भएको छ । सोही अनुसार उनले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

उनलाई उप–सभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी छन्  भने समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

अहिलेसम्मको परिदृश्य हेर्ने हो भने राना मगर उप–सभामुखमा शनिवार (आज) निर्वाचित हुनेछिन् । उप–सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । रास्वपाकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले शुक्रबार नै उप–सभामुख पदमा मनोनयन दर्ता गराएका छन् ।