काठमाडौं ।
नयाँ नियुक्त भएका मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उप–प्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरूलाई मंगलबार (आज) शपथ ग्रहण गराएकी हुन् ।
मन्त्री मण्डल बिस्तारका क्रममा राप्रपाबाट राजेन्द्र लिङदेन उप–प्रधान तथा ऊर्जा मन्त्री बनेका छन् । नेकपा एमालेले हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र, पदम गिरीलाई स्वास्थ्यमन्त्री बनाएको छ । त्यसैगरी महिला बालबालिका मन्त्रीमा भगवती चौधरी, ज्वालाकुमारी साह कृषि मन्त्री, राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्रीमा नियुक्त भएका छन् ।
राप्रपाबाट ध्रुबहादुर प्रधान कानून मन्त्री, विक्रम पाण्डे सहरी विकास मन्त्री र दीपक सिंह ऊर्जा राज्यमन्त्री भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिक्षा मन्त्रीमा शिशिर खनाल, श्रम मन्त्रीमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्कीले शपथ लिएकी छन् ।
नेकपा माओवादी केन्द्रबाट सञ्चारमन्त्रीमा रेखा शर्मा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराँती, संघीय मामिला अमनलाल मोदी, संस्कृतिक पर्यटन राज्यमन्त्रीमा सुशीला श्रीपाली नियुक्त भएकी छन् ।
जनमत पार्टीका अब्दुल खान पनि मन्त्री भएका छन्। प्रधानमन्त्रीमा प्रचण्डले शपथ लिएकै दिन माओवादीबाट नारायणकाजी श्रेष्ठ उप–प्रधान तथा भौतिक योजना मन्त्री बनेका थिए ।
एमालेबाट विष्णु पौडेललाई उप–प्रधान तथा अर्थ मन्त्री बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई उप–प्रधान तथा गृहमन्त्री बनेका थिए । एमालेबाट दामोदर भण्डारी पनि यसअघि नै मन्त्री नियुक्त भइसकेका छन् ।