झापा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाने भएका छन् । दलबीच मन्त्रालय भाग बण्डामा भएको सहमति अनुसार राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्रीको रुपमा सरकारमा जाने भएका हुन् ।
सत्तारुढ दलहरुबीच भएको भाग बण्डाका क्रममा राप्रपाले तीन मन्त्रालय पाउने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ र अरु दुई मन्त्रालय पाउने भएको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपति नपाए सरकारमा नजाने अडान लिएपछि शहरी विकास राप्रपातिर जाने सम्भावना बढेको छ ।