• आषिका लम्साल  

विराटनगर ।  

पहिलो कार्यकालमा प्रदेश १ मा तीन फरक फरक पार्टीबाट तीन जना महिला दलित सांसदरु निर्वाचित भएका थिए ।  उनीहरु मध्ये एमालेकी जसमाया गजमेरले मात्र करिब दुई बर्ष समाजिक राज्यमन्त्री बन्ने अवसर पाइन । सातवटै प््रदेशमा पहिलो मन्त्री बन्ने अवसर उनले मात्र प्राप्त गरिन त्यो पनि दुई बर्षपछि ।  क्षमता भएपनि माओबादीकी सांसद उमिता बराईली र काँग्रेसेसकी कल्पना सरदारले अवसर पाउन सकेनन । पाँच बर्षे कार्यकालमा उनीहरु थपडी बजाउन बाध्य सांउदमै मात्र सिमित भए । 

यसपाली दोस्रो कार्यकालमा पदेश १ सभामा तीन जना महिला र एक जना पुरुष दलित सांंसद निर्वाचित भएका छन । समानुपातिक प्रणाालीबाट निर्वाचित हुन बाध्य  भएपनि क्षमतामा भने सबैजना अब्बल छन । माओबादी केन्द्र बाट निर्वाचित सपना परियार आफै जनयुद्ध कालकी होलटाइमर लडाकु हुन । सुनसरीको भरौला घर भएकी उनी सुकुम्बासी परिवारकी हुन । २०५५ देखी पार्टीलाई जिवन दिएकी उनी हाल पनि उनको यात्रा  पार्र्टीमा अविराम छ । धेरै ठाँउमा युद्धमा होमिएकी उनी बालबाल बचेर बल्ल प्रदेश सांसद हुन पाएकी हुन । उनी हाल स्नातक अध्यनगरिरहेकी छन ।   

यस्तै तेह्रथुमकमी कमला दर्नाल एमालेमा लामो समयदेखी प्रतिबद्ध कार्यकर्ता हुन । स्नानोक्कोत्तर उत्तिर्ण कमला समाजसेवमा पनि सक्रृय नाम हो । उनी समाज सास्त्रमा स्नातोकोत्तर उतिर्ण छिन । अन्तरपार्टी जिल्ला महिला सञ्जाल र, अनेम संघ तेह्रथुमको पदाधिकारी भएर  जिम्मेवारी पुरागरिसकेकी कमला  एमाले पार्टीको बर्गीय संगठन उत्पिडित जातिय मुक्त्ति समाजको  केन्दिय  सदस्य भैसकेकी नेतृ हुन   । यस्तै कमला जनसास्कृतिक संघ प्रदेश १ को सदस्य पनि हुन । रेडक्रस लगायत विभिन्न समाजिक संस्थाहरुमा समेत सक्रृय कमला अवसर  जस्तोसुकै पदपनि सम्हाल्न सक्ने क्ष्मता आफुसँग  बताउँछिन । कमला हाल एमाले प्रदेश १ कमिटी सदस्यछिन ।   

यता काँग्रेसबाट निर्वाचित सुनिता गूरुंग राम अन्र्तजातिय विवाह गरेकेी संघर्षशिल महिला हुन । बाह बर्ष अघि उनले स्थानिय डोमी रामसँग प्रेमविवाह गरेकी हुन ।  सुनसरीको बर्जुगाउँपालिकाकी बासिन्दा सुनिता बर्जु ५ स्थित कोशी आधारभुत विद्यालयमा १९ बर्ष पढाएकी थिइन । जातिय विभेद र छुवाछुतको पिडा प्रत्यक्ष बुझेका सुनिता सुरुमा चमाारसँग विवाह गरेकै कारण  समाजिक बहिष्कारमा परेकी  थिइन । तर  अहिले उनको आफनो उचाँइले गर्दा समाजिक मात्र नभएर पाािरवारिक  प्रतिष्ठा पनि प्राप्त गरिसकेकी छन । 

राप्रपाबाट निर्वाचित झापाका गोपाल विश्वकर्मा पनि कम छैनन । उनले जिनवभरि प्रहरी सेवामा दुर्गमा ठाउँमा सेवा दिएर जिवन गुजारे । उनलाई चलखले, राजिित कुटनिीत सबैको अनुभव छ । 

यसैले यसपाली प्रदेश १ मा निर्वाचिन महिला र पुरुष दलित सांसदहरु भन्छन ‘ समानुपातिक शमावेशिताको हकले हामीले अवसर पाउनैपर्छ । हामीलाई अवसर प्राप्त भयो भने अरुले भन्ँदा राम्रो गरेर ेदेखााइदिन्छौ ।’ 

तर विडम्बना । नयाँ नेपाल नारामा व्यवहार पुरानैपारामा । यसैले पहिले अझै यसपाली पनि उनीहरु मध्ये कसेले पनि मन्त्री सभामुख , उपभामुख र विषयगत समिति सभापति पाउने छैनन । किनभने , लडने बेलामा एक भएपनि खानेबेलामा अगातीलाई रिस उठन भने झै , दलिहहरु आफै विवजाति छन । पहिले झै यसपाली पनि म भन्दा ठूलो अर्को नहोस भनेर कोही द वाव दिन चाहदैनन । यसैले यसपाली पनि सक्षम भएपनि उनीहरु अधिकार हैन दयाको मायामै सिमित हुन बाध्य हुनेछन । 

अधिकारकर्मी कपिल सुनार दलितहरु जहिल्यै पनि नारामा मात्रै सिमित भएकोले यसपाली उनीहरुले मुख्य जिम्मेवारी सहितको अवसर पाउनुपर्नेमा जोड दिन्छन ।  सुनार भन्छन , ‘सघियता हाम्रोलागि नभए कसको लागि अब पनि हामीले अवसर नपाए कहिले पाउने र्?