झापा ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार (आज) प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन्।आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको विश्वासको मत लिने सम्बन्धी सूचना बैठकमा जानकारी गराइएको थियो ।
प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गत पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअ नुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए।
प्रचण्ड नेकपा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए ।