झापा । 

मानव अधिकार तथा शान्ति समाजको केन्द्रिय सभापति पदमा सुशील बस्नेतले उम्मेदवारी दिएका छ्न् । पुस २९ र ३० गते सुस्ता पश्चिम बर्दधाटमा शान्ति समाजको २५ औ राष्ट्रिय परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । दाङका बस्नेत शान्ति समाजको हाल वरिष्ठ उपसभापति हुन् ।  उनी  अढाई दशकदेखी सक्रिय छ्न् ।

स्वच्छ छबिको रुपमा पहिचान बनाएका बस्नेत केन्द्रिय महासचिव, केन्द्रिय सचिव, केन्द्रिय सदस्य, जिल्ला सभापति, जिल्ला सचिब, जिल्ला सह–सचिव र जिल्ला सदस्य पदको भुमिकामा रहेर मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा,  सद्भाव र सहिष्णुताको पक्षमा सदै अग्रपंक्तिमा रहि अभियान सन्चालन गर्दै आएका छ्न् ।

स्पष्ट बक्ता, कुनैपनि बिषयको गहिरो अध्ययन गर्ने, सबैलाई एकीकृत गरि अगाडि बढ्ने क्षमता भएका बस्नेतले सामाजिक न्यायको क्षेत्रमा राष्ट्रिय स्तरमा चर्चामा आउने गरि काम गरेका कयौ सवाल छ्न्। महिला, अपाङता ब्यक्तिहरु, दलित समुदाय, जेष्ठ नागरिक, बालबालिका, यौनिक तथा अल्पसंख्यक, सीमान्तकृत समुदायको सवालको पक्षमा बुलन्द आवाज उठाउने र त्यसका लागि अग्रपंक्तिमा रहने गरेका ती समुदायको भनाई छ ।

जिल्ला शाखाहरुमा समन्वय, सहकार्य गर्दै  शान्ति समाजका अभियानलाई थप प्रभावकारी बनाउदै आएका केन्द्रिय सभापति पदका उम्मेदवार बस्नेत जिल्ला शाखाहरुमा निकै चर्चामा रहेका छन् । दाङ शाखाले सभापतिको उम्मेदवारमा सिफारिस गरिएका बस्नेतको नेतृत्व, समन्वय र सक्रियताको गुणका कारणले पटक–पटक गरि ७ पटक राष्ट्रिय परिषद बैठकबाट दाङ उत्कृष्ट शाखा बनेको छ ।बस्नेतले शान्ति समाजको मुल्यमान्यतालाई आत्मसाथ गर्दै केही प्रतिबद्धता पनि सार्वजनिक गरेका छ्न् ।