• राजु बराल 

चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयको ३७ औ बार्षिक साधरण सभा शनिबार(आज) सम्पन्न भएको छ । लेखनाथ पुस्तकालयका सस्थापक अध्यक्ष डिल्लीराम खतिवडाको प्रमुख आतिथ्य र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष दुर्गाप्रसाद भट्टरार्इको विशिस्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सस्थाको बार्षिक प्रतिबेदन पुस्तकालयका कार्यवाहक अध्यक्ष हरि नेउपानेले प्रस्तुत गरेका थिए । 

पुस्तकालयको सम्मान तथा पुरस्कार सम्वन्धि बिनियम र लेखा प्रतिबेदन सस्थाका सचिव हरि किशोर आचार्यले प्रस्तुत गरेको कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष नवराज घिमिरे, भद्रपुर नगरपालिका वडा नं. ७ का पुर्व वडा अध्यक्ष बिनोद पोखरेल, अमरबहादुर कार्की, गंगाप्रसाद अधिकारी र देवकुमार उपाध्यायले प्रस्तुत प्रतिबेदनमा सुझाव राखेको पुस्तकालयका कार्यसमिति सदस्य राजु बराल बताए ।  

लेखनाथ पुस्तकालयका कार्यवाहक अध्यक्ष हरि नेउपानेको अध्यक्षता, हरिकिशोर आचार्यले सन्चालन र आरती पोखरेलको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि डिल्लीराम खतिवडा र साहित्यकार होम सुबेदीले शुभकामना मन्तब्य राखेका थिए ।