झापा । 

अमेरिकामा बस्दै आएका साहित्यकार गोबिन्द गिरी प्रेरणाको नयाँकृति ‘सुश्री पारिजात’ पुस्तकको बिमोचनसँगै अहिले किताव यात्रामा रहेका छन् । गत मंसिर २२ गते काठमाडौंमा बिमोचन भएको पुस्तक ‘सुश्री पारिजात’ लाई लिएर लेखक प्रेरणा अहिले पुस्तक यात्रामा निस्किएका हुन् । 

किताब यात्राका क्रममा पुस २ गते साहित्कार तथा लेखक गिरी बिर्तामोड आउने भएका छन् । लेखक गिरीले चितवनको नारायणघाटमा किताब यात्राका क्रममा  भेटघाट तथा अन्तरक्रिया सम्पन्न गर्दै बुधवार इटहरी आइपुगकेका छन् । 

लेखक प्रेरणाले पारिजातको जीवनका विविध पाटाले आकर्षित भएर तथा एक समर्थ साहित्यकार भएकोले जीवनी लेख्न प्रेरित भएको बताएका छन् ।  हालै प्रकाशनमा आएको र साहित्यिक जगतमा चासो र चर्चामा रहेको ‘सुश्री पारिजात’ कृतिको बिभिन्न स्थानमा किताव यात्रा तथा अन्तरक्रिया गरिएको हो । 

पारिजातको जीवनको समग्र अध्ययन गर्न चाहने सबैका लागि जरूरी पुस्तक भएको लेखक गिरीले बताएका छन् । साहित्यकार प्रेरणाका अनुसार पुस्तक यात्रा तथा अन्तरक्रिया कार्यक्रम मंसिर २९ गते (आज) इलाम, पुस १ गते फिदिम र पुस २ गते विर्तामोडमा गरिनेछ ।