बिर्तामोड ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त आयोजनामा बिर्तामोड नगरपालिकाका पाँच वटा वडामा मतदाता भेटघाट तथा धन्यवाद कार्यक्रम भएको छ । पार्टीले झापा निर्वाचन क्षेत्र नं. २ (१) को गत मंसिर ४ गते भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षासहित मतदातालाई धन्यवाद दिएको हो ।
बुधवार (आज) बिर्तामोड–५ मा वडा नम्बर १ र ५ का मतदातासँग भेटघाट तथा धन्यवादसहित निर्वाचनको समिक्षा गरिएको माओवादी केन्द्र बिर्तामोड नगर सचिव गणेश कालिकोटेले जानकारी दिए । माओवादी केन्द्र वडा नं. ५ का अध्यक्ष महेन्द्र खनालको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन परिचालन मुल समितिका सचिव सीपी कडरियाको प्रमुख आतिथ्य रहेको थियो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि अध्यक्ष खनालले प्रका पारेको कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य बासु दुलाल, कुवेर श्रेष्ठ (अरुण), अनेमसंघ केन्द्रिय सदस्य निरु खतिवडा, झापा संयोजक राजु आचार्य (अग्निी), प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार राना, अर्जुनधारा नगर अध्यक्ष नारद दुशी, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरियालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ५ का सचिव सुदामा शर्माले गरेका थिए ।
त्यसैगरी बिर्तामोड वडा नं. २, ३ र ४ को माओवादी केन्द्र झापाको पार्टी कार्यालयमा भएको कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष गोपि अधिकारीको अध्यक्षता रहेको थियो भने गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वा रानाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेकपा एसका झापा अध्यक्ष बेदराज रेग्मी, माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बासु दुलाल, कुवेर श्रेष्ठ (अरुण), अनेमसंघ केन्द्रिय सदस्य निरु खतिवडा, झापा संयोजक राजु आचार्य (अग्निी), प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार राना, अर्जुनधारा नगर अध्यक्ष नारद दुशी, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्ष जेबी जबेगु, कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा नं. ४ का सचिव राकेश सिंहले गरेका थिए ।
कार्यक्रममा पार्टी र पार्टीका जनबर्गिय संगठनलाई सक्रिय तथा चलायमान बनाउनु पर्नेमा दुवै पार्टीका नेता तथा कार्यकर्ताले जोड दिएका छन् ।