सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
मूल कार्यालय, बिर्तामोड – २, चारपाने, झापा
![](/uploads/advertise/amiti collage_1719659707.jpg)
२६ औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
उपरोक्त सम्बन्धमा संस्थाको मितिः २०७९/०७/२८ गतेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको २६ औं वार्षिक साधारण सभा संघीय सहकारी ऐन – २०७४ को परिच्छेद ६ को दफा ४० को उपदफा ५, प्रदेश सहकारी ऐन – २०७६, प्रदेश सहकारी नियमावली – २०७६, संस्थाको संशोधन सहित पुनरलेखन गरिएको विनियम – २०७८, प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले विभिन्न समयमा जारी गरेको निर्देशन अनुसार निम्न अनुसारको प्रस्ताहरुमाथि छलफल गरी पारित गर्नको लागि तपसिल अनुसारको प्रकृयाहरु अबलम्बन गर्दै गरिने भएकोले सबै सेयर सदस्य महानुभावहरुलाई साधारण सभाको एकाइ साधारण सभा÷उपएकाइ साधारण सभामा सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ ।
![](/uploads/advertise/bells add 2_1719834723.jpg)
- साधारण सभाका प्रस्तावहरु :
१) संचालक समितिको ०७८÷०७९ को वार्षिक प्रतिबेदन पारित गर्ने सम्बन्धमा ।
२) आ.ब. ०७८/०७९ को वार्षिक लेखा परीक्षण प्रतिबेदन पारित गर्ने सम्बन्धमा ।
![](/uploads/advertise/newtons add_1719832473.jpg)
३) आ.ब. ०७९/०८० को प्रस्तावित नीति तथा कार्यक्रम र बजेट स्वीकृत गर्ने सम्बन्धमा ।
४) लेखा सुपरिबेक्षण समिति तथा ऋण उप–समितिको प्रतिबेदन पारित गर्ने सम्बन्धमा ।
५) सेयर लाभांश पारित गर्ने तथा बितरण गर्ने सम्बन्धमा ।
६) संरक्षित पूजी कोष तथा कर्मचारी बोनस पारित गर्ने तथा बितरण सम्बन्धमा ।
७) आ.ब ०७९/०८० को लागि लेखा परीक्षककोे नियुक्ती तथा पारिश्रमिक तोक्ने सम्बन्धमा ।
८) सातौं अधिवेशनबाट निर्वाचित संचालक समिति तथा लेखा सुपरीबेक्षण समितिलाई अनुमोदन गर्ने सम्बन्धमा ।
९) जग्गा खरिद गर्ने सम्बन्धमा ।
१०) सेवा केन्द्रहरुको डिजायनिङ्ग, ब्रान्डिङ्ग, आन्तरिक सजावट तथा निर्माण खर्च अनुमोदन तथा स्वीकृत गर्ने सम्बन्धमा ।
११) अन्य सहकारी संस्थाहरु संग एकीकरण गर्ने साथै एकीकरण गर्नको लागि अख्तियारी दिने सम्बन्धमा ।
१२) आ.ब. ०७९/०८० को नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनको लागि जिम्मेवारी दिने
- सम्बन्धमा ।
१३) संचालकहरुको सेवा सुविधा बृद्धि गर्ने सम्बन्धमा ।
१४) कर्मचारीको करार नविकरण गर्ने र सेवा सुविधा अनुमोदन गर्ने ।
१५) चार्टर एकाउन्टेन्टबाट आ.ले.प. गराउने सम्बन्धमा ।
१६) बिनियम संशोधन गर्ने सम्बन्धमा ।
१९) ऋण लगानी स्वीकृत गर्ने तथा लगानी गर्ने अख्तियारी दिने सम्बन्धमा ।
१६) एकाइ साधारण सभाको माइन्युट प्रमाणित गर्न प्रतिनिधि छनोट गर्ने सम्बन्धमा ।
१७) अन्तिम माइन्युट प्रमाणित गर्न प्रतिनिधि छनोट गर्ने सम्बन्धमा ।
१८) मूल कार्यालय तथा सेवा केन्द्रहरुको बैंंक खाता संचालक परिबर्तन गर्नको लागि स्वीकृति दिने अख्तियारी दिने सम्बन्धमा ।
२०) नीति, निर्देशिका र कार्यविधि संशोधन तथा पारित साथै परिपत्र तथा पत्रहरु अनुमोदन गर्ने सम्बन्धमा ।
२१) कर्जा सुचना केन्द्रको शुल्क सम्बन्धमा ।
२२) विविध ।
- तपसिल :
१) साधारण सभा प्रयोजनको लागि संस्थाको सम्पूर्ण कार्यक्षेत्रलाई ७ एकाइमा विभाजन गरिएको छ । साथै सबै लघुवित्त सेवा केन्द्रहरु तथा बैकिङ्ग सेवा केन्द्रलाई उपएकाई मानिएको छ ।
२) बैकिङ्ग सेवा केन्द्रहरुको लागि (क) बिर्तामोड र बुट्टाबारीको बिर्तामोड (ख) बिर्ताबजार र गोलधापको लागि बिर्ताबजार (ग) सुरुङ्गा र कुमरखोदको लागि सुरुङ्गा (घ) लक्ष्मीपुर, राजगढ, घैलाडुब्बा र दुर्गापुरको लागि लक्ष्मीपुर (ङ) दुधे र केर्खाको लागि दुधे (च) चन्द्रगढी, ज्ञानेचोक, ढडुवा र पथरीयाको लागि चन्द्रगढी (छ) शिवगंज र कुन्जिबारीको लागि शिवगंज (ज) शनिश्चरे, दानाबारी र खुदुनाबारीको लागि शनिश्चरे (झ) बुधबारे, फिक्कल, इलाम, नयाँबजार, चारआली र राँकेको लागि बुधबारे (ञ) बलिया, धरान, तरहरा, बाहुनी र बिराटचोकको लागि बलिया (ट) धुलाबारी, बौद्धमोड, काकरभिट्टा र इटाभट्टाको लागि धुलाबारी (ठ) दमक, गौरादह, गौरिगंज, मंगलबारे मोरङ्ग, पथरी, रमाइलो, रंगेली र सिजुवाको लागि दमक र (ड) चारपाने उपएकाइ कायम गरिएको छ ।
३) साधारण सभा प्रयोजनको लागि प्रत्येक उपएकाइमा समान कार्यसूचीका आधारमा छलफल र निर्णय गरिनेछ ।
४) साधारण सभाको प्रतिबेदन मिति : २०७९/०८/१३ गते सार्बजनिक गरिने छ साथै सोही मितिबाट
सदस्यहरुलाई वितरण गर्न शुरु गरिनेछ । सोही मितिमा संस्थाको धभदकष्तभस् कबजबचबलभउब।िअययउ।लउ र फेसबुक पेजमा पनि अपलोड गरिनेछ । प्रतिबेदन संस्थाका सबै सेवा केन्द्रहरुबाट प्राप्त गर्न सकिने छ ।
५) प्रतिबेदनमाथि सदस्यको कुनै सुझाबहरु पेश गर्नु पर्ने भए मितिः २०७९ मंसिर २९ गते कार्यालय समय भित्र लिखितरुपमा आफ्नो पायप पर्ने सेवा केन्द्रमा बुझाउन सकिनेछ । सदस्यले सुझाब संस्थाको इमेल ठेगाना [email protected] मा इमेल गर्न पनि सकिनेछ ।
६) सबै उपएकाइगत साधारण सभामा संचालक समिति तथा लेखा सुपरीबेक्षण समितिको सहभागिता रहने छ ।
७) एकाइमा हुने साधारण सभाको समय, स्थान र एकै उपएकाइमा एक भन्दा बढी उप एकाइगत साधारण सभा भएमा सेयर सदस्य नं.कतिदेखि कतिसम्मको कुन मितिमा बोलाउने भन्ने निर्धारण सेवा केन्द्रले गर्नेछ ।
८) प्रत्येक एकाइ साधारण सभाबाट अन्तिम माइन्युट प्रमाणित गर्न छनोट भएका तीन÷तीन प्रतिनिधिहरुको मितिः २०७९/०९/०२ गते शनिबारको दिन संस्थाको मूल कार्यालयमा बहुमतको उपस्थितिमा बैठक बसी अन्तिम माइन्युट प्रमाणित गर्नको लागि उपस्थित प्रतिनिधिहरु मध्येबाट ३१ जना प्रतिनिधिहरु छनोट गरिने छ ।
९) मितिः २०७९/०९/०९ गते शनिबारको दिन २६ औं वार्षिक साधारण सभाको अन्तिम माइन्युट प्रमाणित गर्नको लागि प्रत्येक एकाइबाट ३÷३ जना प्रतिनिधि पहिलो चरणमा छनोट गरिनेछ साथै उल्लेखित छनोट भएका बहुमत प्रतिनिधिको उपस्थितमा बैठक बसी अन्तिम माइन्युट प्रमाणित गर्नको लागि पाँचथरबाट २, उदयपुरबाट २, इलामबाट २, सुनसरीबाट ४, मोरङ्गबाट ६ र झापाबाट १५ जना प्रतिनिधि छनोट गरिनेछ । साथै उपएकाइबाट अन्तिम माइन्युट प्रमाणित गर्न छानिएका ३/३ जना प्रतिनिधिहरु बीचको बैठकमा जिल्लागतरुपमा लघुवित्त कार्यालयका प्रतिनिधिहरुलाई पनि सहभागी गराईनेछ ।
१०) एकाइगत तथा उपएकाइगत साधारण सभा आयोजना सम्बन्धी सूचना एफ.एम., संस्थाको बेभसाइड, फेसबुक पेजमा अपलोड तथा पत्राचार गरिसकिएको छ । कुनै कारणबस सूचना प्राप्त गर्न नसकेको भए यसै सूचनालाई आधारमानी साधारण सभामा उपस्थितिको लागि अनुरोध गरिन्छ ।