झापा । 

इलामको क्षेत्र नं २ बाट एक १५ मतले नेपाली कांग्रेसका डम्बरबहादुर खड्का पछि पार्दै एमाले उपाध्यक्ष सुवास नेम्वाङ  विजयी भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका खड्काले २९ हजार नौ सय ५ मत प्राप्त गरेका छन्। 

नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा  संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख भएका थिए। 

त्यसैगरी जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बूले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बूले ६९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।